भारतीय मिडियाले नेपाल र नेपालीलाई अपमान गर्यो, गोदी मिडिया बहिस्कार गरौं – गगन थापा

काठमाडौँ, २६ असार –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गगनकुमार थापाले भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत होउ यान्कीलाई जोडेर गरेको भ्रामक, अतिरञ्जित तथा अनर्गल समाचार प्रशारण गरी नेपालीलाई अपमान गरेको बताउनुभएको छ ।´

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेका छन् ।´

प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनिया राजदुत होउ यान्कीलाई जोडि अनावश्यक तथा भ्रामक समाचार सम्प्रेषण गरेसँगै नेपालको स्वाभिमान, सार्वभौमसत्ता, राष्टिय अखण्डता लगायतका कुराहरुमा चुनौति दिएको भन्दै नेपालमा भारतीय टेलिभिजनहरु बन्द गरिएको छ´ ।

 

प्रकाशित मिति July 10, 2020
Loading...