प्रधानमन्त्री ओली र देश विरुद्ध भारतीय मिडियाको घृणित आरोप कदापी स्वीकार हुदैन–कांग्रेस नेता गुरुङ

काठमाडौं –  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सयौँ विमतिहरु भएपनि भारतीय सञ्चार माध्यमले गरेको हनी ट्रयाप जस्तो घृणित आरोप कदापी स्वीकार गर्न नसकिने बताएका छन् । नेता गुरुङले बिहिबार ट्वीट गर्दै त्यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीको कार्यकालमा भ्रष्टाचारका काण्डै काण्ड भएपनि भारतीय सञ्चार माध्यमको आरोप कदापी स्वीकार गर्न नसक्ने उनको भनाइ छ । ‘प्र.म.ओलीको कार्यकाल भ्रष्टाचारको काण्डै काण्डले भरिएको र उहाँको शासकीय दुर्बलताका सन्दर्भमा प्र.म.ओलीसँग मेरा सयौं बिमतीहरु छन्उनले ट्वीटरमा लेखेका छन् ‘तर भारतीय संचार माध्यमले प्र.म.ओली विरुद्व विष वमन गर्ने क्रममा हनी ट्रयाप जस्तो घृणित आरोप लगाएको कुरा कदापी स्वीकार्य छैन।

 

प्रकाशित मिति July 9, 2020
Loading...