सडकमा जुलुस निकाल्ने भए लकडाउन किन प्रधानमन्त्रीज्यू ?

काठमाडौं -:  आफ्नो कुर्सी धरापमा परेपछि पार्टीका भ्रातृसंगठन अखिल, युवा संघका कार्यकर्तालाई बोलाएर सडकमा आन्दोलन गर्न निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनपछि हरेक दिनजसो सडकमा प्रधानमन्त्री ओलीको समर्थनमा जुलस र र्याली निस्किरहेको छ’ ।

कोरोना महामारीका कारण देश लकडाउनमा छ ।’ जनता लकडाउनमा बसेको एक सय सात दिन बितेको छ । हरेक क्षेत्र अस्तव्यस्त छ । सार्वजनिक सवारीसाधन चलेका छैनन् । उद्योग व्यवसाय चौपट छ । काठमाडौं उपत्यकामा हरेक दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । तर, प्रधानमन्त्रीको समर्थनमा निस्कको जुलुस हेर्दा देशमा कोरोना महामारी छैन कि भन्ने लाग्छ’ ।

जनतालाई घरभित्र थुनेर प्रधानमन्त्री ओली आफ्नो कुर्सी बचाउन लागिपरेका छन् । पार्टीमा नेतृत्वको विषयले घरझगडा चर्केको छ । ‘आफ्ना विरोधीलाई तह लगाउन प्रधानमन्त्रीले भएजति सबै विकल्प प्रयोग गरिरहेका छन् । तर, पनि अहिलेसम्म स्थायी कमिटीको बैठक बस्न सकेको छैन ।’ ओली र प्रचण्डबीच सहमति जुटेको छैन ।’सडकमा हरेक दिन निस्किरहेको जुलुसले कोरोना संक्रमणको जोखिम बढेको छ । सोही कारण अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री ओलीसँग प्रश्न गर्न थालेका छन्,सडकमा जुलुस निकाल्ने भए लकडाउन किन प्रधानमन्त्रीज्यू ?

प्रकाशित मिति July 9, 2020
Loading...