अजित डोभल सहित भारतीय गुप्तचर प्रमुखहरु काठमाडौंमा।

काठमाडौं –  भारतीय गुप्तचर संस्था नेशनल सेक्युरिटी एजेन्सीका प्रमुख तथा त्यहाँका प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अहिले गोप्य भ्रमणमा काठमाडौंमा छन् । उच्च स्रोतका अनुसार रअका प्रमुख सामन्तकुमार गोयल, इन्टेलिजेन्स ब्युरो (आईबी) का प्रमुख अरविन्दकुमार तथा अन्य उच्च गुप्तचर अधिकारीहरु काठमाडौं आएका छन् ।

उनीहरु काठमाडौंको सोल्टी होटलमा बसेकोमा अहिले द्धारिकाज् होटलमा सरेका छन् । त्यसैगरी गुप्तचर टोलीका सदस्यहरु भिभान्ता र मेरियट होटलमा पनि बसेका छन् । को कुन होटलमा बसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन । स्रोत अनुसार गुप्तचार टोली आएर बसेपछि सोल्टी होटल अन्य ग्राहकका लागि पूरै बन्द गरिएको थियो ।

गुप्तचरहरुको एउटा टोली आइतबार राति सडक मार्ग भएर स्वदेश फर्केको उच्च स्रोतको दावी छ । अजित डोभल सहितको टोली काकडभिट्टा नाकाबाट नेपाल आएको बुझिएको छ । भारतीय टाेलीकाे उद्देश्य नेपालकाे स्थलगत निरीक्षण पनि गर्नु रहेकाे अ‌ाकलन गरिएकाे छ । चीनसँग चरम तनाव झेलिरहेको भारतको प्रमुख गुप्तचर निकायका प्रमुखहरु एकसाथ नेपाल आउनुलाई अनौठो मनिएको छ ।

उच्च सुरक्षा स्रोत अनुसार अजित डोभलको टोलीमा सिभिल इन्जिनियरहरु, भूगर्भविद्, हवाई इन्जिनियर लगायतका प्राविधिकहरु समेत आएका छन् । उनीहरुले केही विशेष उपकरणहरु पनि लिएर आएको बुझिएको छ ।

उच्च स्रोतले सनराइज खबरलाई दिएको जानकारी अनुसार अजित डोभलले काठमाडौंमा सीमित नेता तथा सुरक्षा अधिकारीहरुसँग भेट्नुभएको छ । तर, रअ र आईबीका प्रमुखहरुले भने व्यापक भेटघाट गरेका छन् ।

 

प्रकाशित मिति July 6, 2020
Loading...