उपभोक्ता समितिको आश गर्नेहरु कम्युनिस्ट हुन सक्दैनन् : भीम रावल

बाजुरा-:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले उपभोक्ता समितिको आश गर्ने कार्यकर्ता कम्युनिस्ट हुन नसक्ने बताएका छन्।उनले लाभ लिने मानसिकता राखेर उपभोक्ता समितिको अध्यक्ष सचिव हुने सोचको अन्त्य हुनुपर्ने बताए । नेकपा जिल्ला कमिटी बाजुराको सपथ ग्रहण समारोहमा उनले यस्तो बताएका हुन् ।नेकपालाई सुनौलो अवसर प्राप्त भएको उल्लेख गर्दै उनले उक्त अवसर गुमाउने छुट नेकपासँग नरहेको बताए । ७० वर्षपछि पाएको अवसरलाई सदुपयोग गर्न नसके नेकपाको पनि कांग्रेसकै हाल हुने उनको टिप्पणी थियो ।

‘जनप्रतिनिधि जनताको आवाज सुन्ने, साझा हितको पक्षमा बोल्ने हुनुपर्छ,’ उनले भने, ‘सत्ता र शक्तिमा पुगेपछि कार्यकर्ता, पार्टी सबै बिर्सीने र निजी स्वार्थमा सीमीत हुने रोग सल्कीन दिन हुन्न ।’उनले नेकपासँग जनतकामाझ गरेका चुनावी बाचा पूरा गर्नुको विकल्प नरहेको बताए । सरकारका लोकप्रिय कामको गाउँमा सन्देश लिएर वृद्धभत्ता बढेको खबर गर्न कार्यकर्तालाई रावलले अपिल गरे ।कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य लेखराजट भट्टले पार्टी एकता नै एतिहासिक उपलब्धि भएकाले भूमिका पाउने र नपाउने विषय प्रधान नठान्न आग्रह गरे ।

पार्टीमा जनवाद र केन्द्रीयता दुवै भूमिका हाबी हुने भएकोले त्यसलाई आत्मसात गर्न कार्यकर्तालाई आग्रह गरे ।प्रदेश अध्यक्ष कर्णबहादुर थापाले क्षमता, योग्यता र इमान्दारिताका आधारमा भूमिका बाँडफाँट गरिएकोले प्राप्त अवसरलाई अधिकतम उपयोग गर्न आग्रह गरे । उनले गाउँ नगर, वडा कमिटी नै बलियो भएकोले जिल्ला कमिटीमा नअटाएका कार्यकर्तालाई थुप्रै अवसर रहेकोसमेत जानकरी गराए ।

प्रकाशित मिति June 19, 2019
Loading...