भोली एमसीसीको पास नहुने भए पछि  नेपाललाई अमेरिकाको यस्तो चेता वनी !

काठमाडौं-  संयुक्त राज्य अमेरिकाले एमसीसी अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो भन्दै यस कोषको रकम सधैं उपलब्ध नहुने जनाएको छ´ ।

संसदबाट एमसीसी सम्झौता अनुमोदन अहिलेसम्म नभएकोबारे अमेरिका जानकार रहेको भन्दै अनुमोदनमा ढिलाई गर्नुको मतलब करीव २ करोड ३० लाख नेपालीलाई थप रोजगारी र आर्थिक वृद्धिको फाइदा दिलाउन ढिलाइ गर्नु हो भनेको छ` ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार विज्ञप्ति जारी गरी यो कार्यक्रमको व्यवहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस कदम जरुरी रहेको समेत जनाएको छ `।अमेरिकाले एमसीसी सम्झौताका कार्यक्रम अघि बढाउन नेपालका सबै प्रमुख राजनीतिक दलको प्रतिनिधित्व भएका सरकारहरुले सन् २०१२ देखि लगातार प्रतिवद्धता जनाएको समेत उल्लेख गरेको छ `।

 

प्रकाशित मिति June 29, 2020
Loading...