भारतले ओली सरकारलाई हटाएर राजतन्त्र ल्याउन खोज्यो – चित्रबहादुर केसी

काठमाडौं अमेरीकी सहयोग परीयोजना एमसिसि सम्झौता नेपालको हितमा नरहेको राष्ट्रीय जनमोर्चाले निस्कर्ष किालेको छ । गत असार ११ गते बसेको पार्टीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै शनिबार जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले प्रेस बिज्ञप्ती सार्बजनीक गर्दै एमसिसि सम्झौता राष्ट्रघाति रहेको, अमेरीकाको हिन्द प्रशान्त रणनितीको अंग भएको स्पष्ट पारेका छन् ।

साथै केसीले बिज्ञप्तीमा नेकपाको सरकार कम्युनिष्ट सरकार नभएको, गणतन्त्र पनि बर्जुवा व्यवस्था भएको आरोप समेत लगाएका छन् । बिज्ञप्तीमा अहिले भारतले केपी ओलीलाई हटाएर देशमा राजतन्त्र ल्याउन खोजिरहेको उल्लेख गरीएको छ ।

तुलनात्मक दृष्टिले अहिलेको अवस्थामा नेकपा गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा उभिनु सकारात्मक भएको बताउदै ओली सरकारको मूल्यांकन गर्दै नेपाली भूमि फिर्ता गर्ने, त्यसका लागि नयाँ नक्सा जारी गर्ने, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिला ७ वर्षसम्म लगातार नेपालमा बसेको हुनुपर्ने व्यवस्था गर्ने कार्य सकारात्मक र महत्वपूर्ण भएको ठहर गरेको छ ।

अझै पनि ओली नेतृत्वको सरकार र अमेरिकी ट्रम्प प्रशासन त्यसलाई संसदबाट पारित गरी लागु गर्न प्रयत्न गरिरहेको बताउँदै जनमोर्चाले अमेरिकी विदेशमन्त्रीले त्यसबारे गम्भीर चासो देखाएको र नेपाल सरकारका विदेश मन्त्रीले आगामी संसदको अधिवेशनबाट त्यसलाई पारित गर्ने आश्वासन दिएकोले त्यसका विरुद्धको संघर्षलाई जारी राख्नुपर्ने बताइएको छ ।

त्यसैगरी, लिम्पियाधुरासहितको नेपालको भूमि फिर्ता लिन नेपालमा अपूर्व एकता प्रदर्शन भएको भन्दै जनमोर्चाले यसमा सरकारको अडानप्रति समर्थन जनाएको छ । कोरोना रोकथामका लागि भने ओली सरकारले गतिलो काम गर्न नसकेको तथा ओली सरकार भ्रष्टाचारमा डुबेको केसीले आरोप लगाएका छन् ।

 

प्रकाशित मिति June 28, 2020
Loading...