एमसीसी जसरी भएपनि सम्झौता लागु गर्नु पर्छ : विमलेन्द्र निधि

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले उपसभापति निधिले संयुक्त राज्य अमेरिकी सहयोग, एमसीसी सम्झौता संसदमा प्रस्तुत गर्ने जिम्मेवारी सरकारको भएकाले आलटाल गर्न नपाउने बताउनुभएको छ ।

एमसीसीबारे कांग्रेस पार्टी र संसदीय दलले नै समर्थन गर्ने निर्णय गरिसकेको बताउँदै सरकारले संसदमा कहिले प्रस्तुत गर्ने हो त्यो सरकारमा बस्नेहरुकै जिम्माको विषय भएको बताउनुभएको छ ।

प्रतिष्ठानको संयोजनमा कांग्रेसका जिल्ला सभापतिसँग आज गरिएको ‘जुम’ अन्तरसंवाद कार्यक्रममा कोरोना सङ्क्रमणको अवस्था, एमसीसी, सीमा, नागरिकता विधेयक जस्ता समसामयिक विषयसहित पार्टीको अवस्थाबारे छलफल भएको थियो । बैठकमा जिल्ला सभापति वीरबहादुर राना, दिनेश यादव, दीपन श्रेष्ठ, लवश्री न्यौपाने, नरनारायण शाह, विष्णु लामिछाने लगायत बोल्नुभएको थियो ।

प्रकाशित मिति June 27, 2020
Loading...