भीम रावललाई मन्त्री बनाएर भएपनि एमसीसी पारित गर्ने तयारी,के यो होला त ?

काठमाण्डौँ -:  प्रधानमन्त्री केपी शर्मा पनि एमसिसी संसोधन नगरी यत्तिकै पारित गर्ने पक्षमा छन। प्रधानमन्त्री ओलीले संसदमै भीम रावललाई जवाफ फर्काउँदै भनेका थिए, चोर ढोकाबाट होइन, मुल ढोकाबाटै ल्याएर एमसिसी पारित गरिन्छ।

ओलीले यसो भनिरहँदा नेकपाका अर्का अध्यक्ष दाहाल मौन छन्। जब कि यो अनुदान ल्याउन तत्कालिन प्रधानमन्त्री प्रचण्ड र र अर्थमन्त्री कृष्णबहादुर महराले पनि भूमिका खेलेका थिए। डाक्टर बाबुराम भट्टराई वर्षमान पुन खिलराज रेग्मी शंकर कोइराला सुशील कोइराला डाक्टर रामशरण महत शेरबहादुर देउवा पुष्पकमल दाहाल कृष्णबहादुर महरा बिष्णु पौडेल लगायतले प्रधानमन्त्री र अर्थ मन्त्रीका हैसियतमा एमसिसी ल्याउने प्रक्रियामा सहभागि भएर प्रत्यक्ष काम गरि सकेको यो सहायता रकम बारे अहिले नेपाली नेताहरु कै कारण अन्योल भएको छ।

अहिले सम्झौता अगाडि बढाउन नेकपालाई नेपाली कांग्रेस र स्वयम् शेरबहादुर देउवाले दबाब दिइरहेका छन्। ‘एमसिसीको सबैभन्दा धेरै विरोधमा उत्रिएका भीम रावललाई घनश्याम भुसाललाई जस्तै मन्त्री पद दिएपछि तह लागिहाल्छन् नि नेपाली कांग्रेस स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीले यस विषयमा माधव नेपालसँग पनि छलफल गरेको बुझिएको छ। त्यसपछि सम्झौता पास गर्न कसैले छेक्दैन।एमसिसी नेपालकै हितमा रहेको कांग्रेस स्रोतको दाबी छ भने नेकपा नेताहरुको ठूलो पङ्क्ति पनि यसलाई स्विकार्ने पक्षमा देखिएको छ।

मूलतः साना वामपन्थी दलहरु र उग्र राष्ट्रवादी धारका व्यक्तिहरु यसको विरोधमा देखिएका छन्। एमसिसीको बिरोध नीतिगत र नेतृत्वदायी तहमा भन्दा दल भित्र विपक्षमा रहेका, नेतृत्व प्रति असन्तुष्ट र समाजिक सञ्जाल तथा सडकमा बढी देखिएको छ। नेकपाले यसलाई निर्क्योल गर्न नेता झलनाथ खनाल नेतृत्वमा प्रदीप ज्ञवाली र भीम रावल रहेको समितिले भने जस्ताको तस्तै पारित नगर्न सुझाव दिएपछि अझै अन्योल थपिएको हो । श्रोत – थाहा खबरबाट

प्रकाशित मिति June 22, 2020
Loading...