कांग्रेस दिशाहीन पार्टी, नेकपालाई दुईतिहाइ ‘बादरको हातमा नरिवल’- कमल थापा

काठमाडौं-:  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई मुलुकको भरपर्दो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने दृढता व्यक्त गरेका छन् ।

‘बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राज्यको स्रोत र शक्ति कब्जा गरेर अघि बढने अनकन्टक लक्ष्य लिएको कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार र दिशाहीन बन्न पुगेको प्रमुख प्रतिपक्ष कांग्रेसले पटकपटक बेइमानी गरेको बताए’ ।

‘उनले कांग्रेस र नेकपाबाट धोका खाएर जनताले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रूपमा लिएको दाबी गरे। अध्यक्ष थापाले कांग्रेस–कम्युनिस्ट नेतृत्वको सरकारले पटक पटक धोका दिएपछि आमजनताले आफ्नो पार्टीप्रति ठूलो आशा र भरोसा गरेको दाबी गरे’।

‘उनले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप समेत लगाए । अध्यक्ष थापाले ओली नेतृत्वको वर्तमान सरकारलाई जनताले दिएको दुईतिहाइ मत ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको टिप्पणी गरे ।’

प्रकाशित मिति June 19, 2019
Loading...