बेवास्ता नगर्नुहोस् यस्तो संकेत देखिएमा तपाईलाई अत्याधिक धनलाभ हुन्छ , हेर्नुहोस् १८ संकेतहरु | मातालाइ देख्नेबित्तिकै १ सेयर गर्नुहोस!

बेवास्ता नगर्नुहोस् यस्तो संकेत देखिएमा तपाईलाई अत्याधिक धनलाभ हुन्छ , हेर्नुहोस् १८ संकेतहरु | मातालाइ देख्नेबित्तिकै १ सेयर गर्नुहोस

हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ । विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ ।

यस्तै खालका संकेतकामा सपना पनि एक माध्यम हो । केही संकेत यस्ता हुन्छन ,जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिलेनै जानकारी दिन्छन् ।

त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिन्छ । जुन बुदाँगदरुपमा यसप्रकार छन् :

१. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ ।

२. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।

३. विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

४. यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।

५.यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।

६. जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

७. यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।

८. विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।

९.यदीे सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ । यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ ।

१०. सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

११. यदि कसैले सपनामा दियो बालेको या कसैलाई पैैसा सापटी दिएको देख्यो भने उसलाई अनपेक्षित रुपमा धनप्राप्ति हुन सक्छ ।

१२. यदी सपनामा कसैलाई गर्धन चिलायो भने पनि धन लाभ हुने सम्भावना हुन्छ । साथै बोटमा पाकेको सुन्तला या खेतमा पाकेको गहुँ देख्यो भने उसलाई छिट्टै धन प्राप्ति हुने सम्भावना हुन्छ ।

१३. जब कुकुरले अचानक जमीनमा पटक पटक टाउको रगडेको देख्नु भयो भने त्यस्तो ठाउँमा गाडेको धन हुन सक्छ । साथै यदी कुकुरले कुनै खाद्यपदार्थ लिएर आएको देख्नु भयो भने पनि तपाईलाई धन प्राप्त हुन सक्छ ।

१४. जो व्यक्ति सपनामा फलफुल खाएको देख्छ उसले धन लाभ हुने योग बन्छ । सपनामा धुम्रपान गर्छ, उसलाई पनि धन प्राप्ति हुन सक्छ । सपनामा जसको दाहिने हातमा सेतो रँगको सर्पले टोक्छ उसलाई धेरै धन प्राप्ति हुन सक्छ ।

१५. जो व्यक्तिले सपनामा पिशाब, वीर्य, दिशा या भमिट(वाक्क) गरेको चिज देखे या खाएको देखे भने त्यस्ता मान्छेलाई पनि धन प्राप्त गर्ने संयोग मिल्छ । साथै आफ्नो प्रेमी प्रेमिका सँग सम्बन्ध विच्छेद गरेको सपना देख्यो भने पनि त्यसको आधारमा धनप्राप्ति हुन सक्छ ।

१६. शुक्रबारका दिन केशरी रँगको गाई देखियो वा दर्शन गर्ने मौका पाइयो भने धनप्राप्ति हुन सक्छ । यदि कोई यात्री घर फर्कि रहेको हुन्छ र बायाँ तिर रोकियो भने उसलाई थोरै समयका लागि धनप्राप्त हुन सक्छ । यदि कुनै व्यक्तिले कुनै गाउँ वा नगरमा प्रवेश गर्ने समयमा दायाँ तर्फ सुँगुर देखियो भने उसलाई धन प्राप्त हुन सक्छ ।

१७.सपनामा हरियो फुलबारी तथा अनार र उँट देखियो भने धन प्राप्ती हुने योग बन्छ । कहिँ जाँदै गरेको अवस्थामा यदि बाटोमा सुन्दर महिला या कन्या देखियो भने त्यसलाई धनप्राप्तीको संकेत मान्न सकिन्छ ।

१८.यदि कोही सपनामा टाउको कन्याउँदै गरेको देखियो भने त्यसकै कारण पैसा मिल्न सक्छ । यदी आँखा कन्याउँदै गरेको देखे भने पनि पैसा मिल्न सक्छ । सपनामा गाडेको धन देखियो भने पनि सम्पत्ति वृद्धि हुन सक्छ ।

हिन्दु धर्ममा हरेक देवताको निश्चित चिह्न, पदार्थ, फूल, विरुवा, पात, खानेकुरा, चरा, जनावर सम्बन्धित भएको देखाएको छ । यो सम्बन्धको विशेष महत्व छ । यी सम्बन्धित कुरा शुद्ध र पवित्र पनि मानिन्छ । यसले देवीदेवतालाई प्रशन्न पार्ने काम पनि गर्छ । लक्ष्मीलाई मनपर्ने पनि बिभिन्न चिज छन् :

कमलको फूल
लक्ष्मीलाई कमलको फूल निकै नै मनपर्छ । लक्ष्मीको आफ्नो आसनमा मात्र होइन दुवै हातमा कमलको फूल हुन्छ । यसैगरी कमलको कोपिलालाई माला बनाएर लगाएको तस्बिरहरुमा देखिन्छ । यसै कारण कमलको फूललाई पवित्र मानिन्छ । लक्ष्मीलाई खुसी पार्ने सबैभन्दा ठूलो चिज कमलको फूल नै हो ।

श्री
हिन्दु धर्ममा श्री लाई धन र पवित्र चिह्नको रुपमा लिइन्छ । यसलाई लक्ष्मीको रुपमा प्रयोग गरिन्छ अर्थात श्री भनेकै लक्ष्मी हो । त्यसैले लक्ष्मी पूजाको समयमा भित्ता र भुईमा श्री लेख्ने गरिन्छ ।

दियो
जहाँ प्रकाश हुन्छ त्यहा लक्ष्मी हुन्छिन् भन्ने धार्मिक मान्यता छ । अन्धकारमा कहिल्यै पनि लक्ष्मी आउँदिनन् । त्यसैले तिहारलाई उज्यालो चाड पनि भन्ने गरिएको हो । औँसीको रातमा उज्यालो पार्न दियोको महत्वपूर्ण भूमका हुन्छ । अन्धकारलाई हटाउन दियो बाल्ने चलन वैदिन कालदेखि नै रहेको थियो । त्यसैले दियो लक्ष्मीलाई खुसी पार्ने अर्को चिज हो ।

स्वस्तिक चिह्न
स्वस्तिक चिह्न लक्ष्मीलाई मनपर्ने चिह्न हो । लक्ष्मी पूजाको समयमा लक्ष्मीलाई घरभित्र भित्राउन घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाइन्छ।


लक्ष्मीलाई मनपर्ने अर्को चिह्न हो ॐ। सबै लक्ष्मीका मन्त्र ॐ बाट नै सुरु भएका छन् । ॐ वैदिन मन्त्र हो र यो सर्वब्यापी छ ।

कौडी
पहेँलो कौडी लक्ष्मीलाई धेरैनै मनपर्छ । धनी र गरीब सबैले पहेँलो कौडी सजिलै पाउन सक्छन् । लक्ष्मीलाई खुसी पार्न पूजा गर्दा पहेँलो कौडी प्रयोग गर्न सकिन्छ ।

नरिवल
धेरै नरिवलको माथिल्लो भागमा तीनवटा थोप्ला हुन्छ तर एउटै मात्र थोप्ला भएको नरिवल पाउन धेरै गाह्रो हुन्छ । यो नरिवललाई लक्ष्मीको प्रतिकका रुपमा लिइन्छ । यो नरिवललाई खानको लागि भन्दा पनि लक्ष्मीको साधनाको लागि प्रयोग गरिन्छ ।

अन्न
मानिसको लागि अन्न् सबैभन्दा ठूलो सम्पत्ति हो । अन्नको प्रचुरता समृद्धिको सूचक हो । जहाँ लक्ष्मीले वास गर्छिन,त्यहा धनधान्यले पूर्ण हुन्छ भन्ने जनविश्वास छ । अष्टलक्ष्मीमध्य एक लक्ष्मीको नाम धान्यलक्ष्मी पनि हो ।

श्रीयन्त्र
यन्त्रहरुमा श्रीयन्त्रलाइृ सबैभन्दा ठूलो मानिन्छ । श्रीयन्त्रमानै लक्ष्मीले वास गर्छिन् । श्रीयन्त्रनै लक्ष्मीको शक्तिको मूल स्रोत हो । त्यसैले श्रीयन्त्र जहाँ हुन्छ ,त्यहाँ लक्ष्मीले वास गर्छिन भनिन्छ ।

सेतो हात्ती
देवी कमलालाई लक्ष्मी स्वरुप मानिन्छ । कमलालाई छुट्टै देवी पनि मान्ने गरिएको छ । कमलाको वाहन सेतो हात्ती हो । यही कारणले लक्ष्मीले सेतो हात्ती चढ्न मनपराउँछिन् भन्ने भनाई छ ।

सुन
वैदिक कालमा सुनले मुद्राको काम गरेको थियो । धन र समृद्धिको देवी लक्ष्मी भएकाले लक्ष्मीले सुन मन नपराउने कुरै भएन । त्यही भएर लक्ष्मी पूजा गर्दा धनसम्पत्ति रोखेर पूजा गर्ने गरिन्छ ।

उल्लु
उल्लुलाई आधुनिक समयमा अपवित्र चरा माने पनि धार्मिक हिसाबले पवित्र मानिन्छ । उल्का वाहिनी लक्ष्मीको विविध नाममध्य एक हो । उल्कावाहिनीको वाहन उल्लु हो । यसरी लक्ष्मीको वाहन भनेको उल्लुलाई दूरदर्शी र बुद्धिमानको प्रतिकका रुपमा लिइन्छ ।

प्रकाशित मिति June 19, 2019
Loading...