असार ०४ गते  बुधबारको राशिफल सगै पाथिभरा माताको दर्सन गरि सेयर गरौ  चाहेको पुरा हुने छ।

वि.सं.२०७६ साल असार ०४ गते । बुधबार । ईश्वी सन् २०१९ जुन १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि द्वितीया,२३ घडी ५९ पला,दिउसो ०२ बजेर ४८ मिनेट उप्रान्त तृतीया । नक्षत्र पूर्वाषाडा,२० घडी ३० पला,मध्यान्ह ०१ बजेर २४ मिनेट उप्रान्त उत्तरषाडा । योग ब्रम्ह,३५ घडी २५ पला,बेलुकी ०७ बजेर २२ मिनेट उप्रान्त ऐन्द्र । करण गर,दिउसो ०२ बजेर ४८ मिनेट उप्रान्त वणिज,रातको ०३ बजेर २१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि धनु , बेलुकी ०७ बजेर ५० मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

परिवर्तनलाई आत्मसाथ गर्दै अगाडि बढ्न सक्दा मनग्गे आम्दानि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले समस्याहरु समाधान गर्दै अगाडि बढ्न सकिनेछ । सरकारि क्षेत्रमा तपाईको राम्रो उपश्थिती रहनेछ भने समयमा काम बन्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा अग्रज सँगको भेटघाटले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हँुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

दाजुभाई तथा छिमेकि सँग घरायसि कुरामा सामान्य बिवाद बढ्नेछ । व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुँनसक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुँने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ भने गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

प्रकाशित मिति June 19, 2019
Loading...