ओली लाइ जिस्क्याउने अब के भन्छन त “पेट्रोलियम पाइप लाइन परीक्षण सुरु”

काठमाडौँ -: मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन बिछ्याउने कार्य सम्पन्न गरी पाइप लाइन परीक्षण (टेस्टिङ) सुरु भएको छ । नेपाल आयल निगमले पाइप लाइनको परीक्षण सुरु गरिएको जनाएको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले भन्नुभयो, अहिले पाइप लाइनको हाइड्रो टेस्टिङ भइरहेको छ, विशेष गरी यसमा लिकेज छ कि छैन, नट जडानहरू राम्रोसँग भएको छ कि छैन भन्ने कुराको परीक्षण हो । पाइप लाइनको परीक्षण गर्न एक महिना लाग्ने उहाँको भनाइ छ । परीक्षणपश्चात् पाइप लाइनबाट पहिलो चरणमा डिजेल ल्याउने तयारी भएको छ ।
मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना अन्तिम चरणमा पुगेको प्रवक्ता गोइतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, पाइन लाइन बिछ्याउने चरण सकियो अब हामी फाइन टचमा छौँ । पाइप लाइन परीक्षणका लागि निगमका कार्यकारी निर्देशक सरेन्द्रकुमार पौडलसहितको समूह सोमबार अमलेखगञ्ज पुगेको छ ।
निर्माण सम्पन्न भएपछि अब व्यवस्थापनको कामअघि बढाइने भएको छ । सफ्टवेयर जडानसँगै फ्लो मिटरको जडान तथा परीक्षण, भण्डारणको निर्माणको काम सम्पन्न हुने निगमले जनाएको छ । असार १५ गतेसम्म निर्माण कार्यका सम्पूर्ण काम सम्पन्न भइसक्ने प्रवक्ता गोइतको भनाइ छ ।

परीक्षणपछि तेल ल्याउने मिति नेपाल र भारतबीचको छलफल र समझदारीबाट तय गरिने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको पाइप लाइनको लम्बाइ ६९.५ किलोमिटर छ । जसमा ३२.२५ किलोमिटर भारत र ३७.५ किलोमिटर नेपालमा पर्दछ । अमलेखगञ्ज डिपोमा पाइपबाट आएको तेल भण्डारणका लागि संरचना निर्माण अन्तिम चरणमा छ । १ लाख किलोलिटरका दुई र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्याङ्की तयारी अवस्था रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति June 18, 2019
Loading...