अछाममा भारतिय प्रहरीलाई पक्राउ गर्न निर्देशन दिने भिम रावललाई सवैले सलाम सोरुप एक एक सेयर गरौ।

भारतीयबाट केटि भगायर ल्यायपछि पक्राउ गर्न तीन भारतीय सुरक्षाकर्मी अछाममा पुगेपछि भारतीय प्रहरीलाई तत्काल नियन्त्रणमा लिन भीम रावलको कडा निर्देशन !

३ असार, अछाम -: अछाम जिल्लाको बन्नीगढीजयगढी गाउँपालिकामा तीन जना भारतीय प्रहरीले वितण्डा मच्चाएका छन । जिल्लाको बान्नीगढीका एक जना युवाले त्यहाँबाट केटी भगाएर ल्याएपछि कोरवा जिल्ला छत्तीसगढ़बाट तिन जना प्रहरी बिना अनुमति पुगेका हुन । उनीहरूका साथमा कोरवा प्रहरीको पत्र रहेको छ । जसमा अछाम नेपाललाई आफ्नो प्रान्तका रूपमा उल्लेख गराएको छ । जयगढ़मा भारतीय प्रहरी आएर जथाभावी गर्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं सुदुरपश्चिम इन्चार्ज भीम रावलले तत्काल गृह सचिव प्रेम राई र अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलाई ती प्रहरीलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरेका थिए ।

नेता रावलको आग्रह लगत्तै भारतीय प्रहरीहरूलाई जिल्ला प्रहरी कार्यालय मंगलसेन ल्याईएको छ । विना अनुमति नेपाली भूमिमा प्रवेश गरेका उनीहरूले एक नेपाली युवा पक्राउ गर्न खोजेका थिए । रावलको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय अछामले तीनै जना भारतीय सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । घटनाको जानकारी पाए लगत्तै अछामका प्रमुख जिल्ला अधिकारी भोजाराज श्रेष्ठसँग दैनिकीले चासो राख्दा उनले तीन जना भारतीय सुरक्षाकर्मी अछामको बन्नीगढीजयगढी गाउँपालिकामा पुगेको र उनीहरू भारतीय १५ वर्षकी केटी भगाएर ल्याउने नेपाली केटाको खोजीमा आएको जानकारी पाएको बताए ।

उनले नियन्त्रण लिएर नभइ समन्वयात्मक रूपमा भारतीय सुरक्षकर्मीसँग कुरा भैरहेको जानकारी दिएँ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भारतीय केटी भगाएको विषयमा उहीँको प्रहरीकोमा उजुरी परेको र केटाको ठेगाना अछामको बन्नीगढीजयगढी गाउँपालिकामा रहेकाले उनीहरू अछाम आएको बताए । नेपाल प्रहरीका निरीक्षक कलेन्द्र विक्रम शाहीका अनुसार अछामका केशव सोनीले कोरबाछत्तीसगढ शान्तिनगर ७ भारत बस्ने वर्ष ३८ की उर्मिला राठोरले काइली छोरी कुमारी काजोल राठोरलाई अछामका केशव सोनीले भागएको भन्ने उजुरी दिएको र त्यसको सहयोग र समन्वयका निम्ति भारतीय प्रहरी अछाम आएको बताएका छन ।

 

उनले संघीय प्रहरी इकाइ कार्यालय धनगढीलाइ पत्र लेख्दै आवश्यक समन्वयको व्यवस्था गरिदिन भन्ने व्यहोरा आएको भन्दै सोही कुरा अवगत गराएका छन । त्यसरी आउने भारतीय प्रहरीमा सइ अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्षमी पटेल रहेका छन ।प्रहरी प्रशासन, सबैखालका संरचना जिवितै रहेको अवस्थामा सबै संरचना वाइपास गरेर गाउँपलिकाको कार्यालयमा पुगेर जवर्जस्ती गर्ने भारतीयलाई कारबाही गर्ने विषयमा समेत त्यति चासो पुगेको नदेखिएको स्थानीयले बताएका छन । कोही व्यक्ति अपराध नै गरेर फरार भएको रहेछ भने पनि प्रहरीको इन्टरपोल संगठन मार्फत अपराधि पक्राउ गर्नुपर्नेमा भारतीय प्रहरी भने सीधै नेपाली भूमिमा पसेर नेपालका सुरक्षाकर्मीलाइ समेत निरीह बनाउने काम गरिरहेका छन । जुन राष्टको दीर्घकालीन अहितमा रहेको छ ।-दैनिकनेपालबाट साभार

प्रकाशित मिति June 18, 2019
Loading...