काठमाडौं, ३ असार -: चौतर्फी दबाबपछि गुठी विधेयक फिर्ता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्’ ।
‘गुठी विधेयककै विषयलाई लिएर नेपाली काँग्रेसले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न रोकेका थिए । संसदमा बोल्न नदिएपछि प्रधामन्त्री ओलीले भूमिसुधारमन्त्री अर्याललाई पत्रकारसम्मेलन गरी विधेयक फिर्ता लिन निर्देशन दिएका थिए’ ।
‘सोमबार उपत्यकाका जनप्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले गुठी विधेयकसम्बन्धी छलफल गरेका थिए । सो क्रममा जनप्रतिनिधिहरुले विधेयक फिर्ता लिन आग्रह गरेका थिए’ ।
प्रधानमन्त्रीबाट बचाउ -: यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अर्यालले गुठी विधेयक फिर्ता लिएकोप्रति खुशी प्रकट गर्दै त्यसको बचाउ गरेका छन् । आफ्नो सम्बोधनका क्रममा ओलीले यसलाई सही निर्णयको संज्ञा दिएका हुन् ।
प्रकाशित मिति June 18, 2019