एनसेलले ग्राहकबाट ३२ करोड बढी ठगी गरेको पुष्टी, कम्पनी कारबाहीमा सक्दो सेयर गरौ !

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई अनधिकृत रुपमा विभिन्न भ्यालु एडेड सर्भिस (भास) सञ्चालनमा ल्याएको भन्दै जरिवाना गर्ने निर्णय गरेको छ । प्राधिकरणबाट स्वीकृती नलिएरै भासको नाममा ग्राहक ठगेको ठहर गर्दै नियामकले विभिन्न शीर्षकमा कूल साढे १० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय लिएको हो ।

एनसेललाई कारबाही गर्ने विषयमा अघिल्लो सोमबार बसेको प्राधिकरण बोर्ड बैठकले निर्णय गरेको भएता पनि हिजो सोमबार बसेको बैठकमा हस्ताक्षर हस्ताक्षर भएको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।‘सोमबार बसेको बोर्डले एनसेललाई कारबाही गर्ने निर्णयमा हस्ताक्षर गरेको छ,उनले भने,एनसेलले प्राधिकरणबाट स्वीकृत नै नलिएर कतिपय भास सञ्चालन गरेको पाइयो । त्यसै आधारमा बोर्डले एनसेललाई कारबाही गर्ने निर्णय गरेको हो ।

प्राधिकरणको छानविनका क्रममा एनसेलले अनुमतिपत्रको शर्त विपरित काम गरेको, अनुमति नलिएरै ‘लभ डिटेक्टर’ र ‘भ्वाईस म्याजिक नामक’ नामक भ्यालू एडेड सर्भिस (भास) सञ्चालनमा ल्याएको पाइएको थियो ।अनुमतिपत्रले तोकेको शर्त उलंघन गर्दै एनसेलले विभिन्न सेवा अफर समेत सञ्चालनमा ल्याएको पाइएको छ । जसमा होली अफर, भ्यालेन्टाइन अफर, शिवरात्री अफर लगायत रहेका छन् ´।

नियामकको बोर्डले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार कम्पनीलाई अधिकतम रकम ५ लाख रुपैयाँ जरिवाना गरेको हो । ´उक्त दफाको दुई नम्बर बुँदामा ऐन बमोजिम अनुमति अलिई वा अनुमतिपत्रमा उल्लिखित शर्तको पालना नगरी दुरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

ऐनको सोही व्यवस्थालाई आधार बनाएर प्राधिकरण बोर्डले लभ डिटेक्टर र भ्वाईस म्याजिक नाम भासको प्रकरणमा समेत कारबाही गरेको छ । ´करीब दुई वर्ष अघि एनसेलले नियामकको अनुमति बिना लभ डिटेक्टर सेवा सञ्चालनमा ल्याएको थियो ।प्राधिकरणबाट एनसेलले उक्त सेवा सञ्चालनका लागि स्विकृती नै नलिएको र उक्त सेवाले विकृति ल्याउने भन्दै तत्कालै रोक्न निर्देशन समेत दिएको थियो । उक्त निर्देशनपछि सेवा रोकिएको भएता पनि त्यसमार्फत एनसेलले ग्राहकबाट १४ करोड रुपैयाँभन्दा बढी रकम असुल गरेको पाइएको छ ।

त्यस्तै नियामकबाट स्विकृति नै नलिई एनसेलले सञ्चालनमा ल्याएको अर्को सेवा ‘भ्वाईस म्याजिक’ मार्फत कम्पनीले ग्राहकबाट झण्डै १८ करोड रुपैयाँ आम्दानी गरेको अध्ययनले देखाएको थियो ।

प्रकाशित मिति June 3, 2020
Loading...