बैठक स्थगित भएपछि बाबुरामले भने, – ‘सत्ता र प्रतिपक्ष दुवै गैरजिम्मेवार!

काठमाडाैं : समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टाराईले मंगलबारकाे प्रतिनिधिसभा बैठक स्थगित हुनुमा सत्ता र प्रतिपक्ष दुवै गैरजिम्मेवार भएकाे बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा कांग्रेस सांसदले नाराबाजी सुरु गरेपछि संसद बैठक स्थगित भएकाे थियाे।

बैठक बस्न नसकेपछि संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीकाे प्रश्नमा उनले यस्ताे कुरा बताएका हुन्।

उनले भने प्रतिनिधिसभा भनेकाे जनताकाे हितमा सर्वाेत्तम अभ्यास गर्ने थलाे हाे| प्रक्रियागत ढंगले कसले अगाडि र कसले पछाडि बाेल्ने भन्ने विषयमा यति बहुमूल्य समय खेर फाल्नु जनताकाे अभिमतकाे दुरुपयाेग गर्नु हाे।

‘बैठक सुरु हुने बित्तिकै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बाेधनका लागि बाेलाएपछि प्रतिपक्षी कांग्रेस सांसद नाराबाजी गर्दै राेष्टम घेर्न पुगेका थिए।सभामुखले पटक पटक पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिने बताए पनि कांग्रेस सांसदकाे नाराबाजी राेकिएन’।

‘त्यसपश्चात् सभामुख महराले भाेलिसम्मका लागि संसद बैठक स्थगित गरेका थिए।’

प्रकाशित मिति June 18, 2019
Loading...