बैठकको निर्णय तत्काललाई एमसीसीका सबै काम रोक्ने।सेयर गरौ

काठमाडौँ – नेकपाको सचिवालय बैठक सकिएको छ । अपेक्षा गरी अनुसार आज कुनै पनि निर्णय भने सचिवालय बैठकले गर्न सकेको छैन ।नेकापाभित्र लामो समयदेखि पेचिलो बनेको अमेरिकी सहयोग मिलियिनयम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता लाई लिएर शनिबार पनि ठोष निर्णय गर्न सकेन।

तर सचिवालय बैठकले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम तत्काल अघि नबढाउन प्रधानमन्त्रीमार्फत निर्देशन दिने निष्कर्ष निकालेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अनुसूचीमासमेत यो विषय उल्लेख गरेपछि नेकपाले शनिबार बिहान अनौपचारिक बैठक बोलाएको थियो ।

नेकपा सचिवालय शनिबार बालुवाटारमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावललाई पनि बोलाइएको थियो । बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीमा छलफल नगरी किन विधेयकमा उल्लेख गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीकाबारेमा समग्रतमा छलफल गरेर छिट्टै निर्णय गर्ने सहमति भएको बताए।

उनकाअनुसार बजेटमा एमसीसी सम्झौता संसदमा विचाराधीन रहेकाले संसदले त्यो अनुमोदन गरेको अवस्थामा कार्यान्वयन हुने र अनुमोदन नगरे कार्यान्वयन नहुने भन्नेबारे अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै संसदमा स्पष्ट पार्ने निर्णय गरिएको छ।

 

 

 

प्रकाशित मिति May 30, 2020
Loading...