‘यही अवस्थामा एमसीसी पास हुँदैन’ चिन्ता नगर्नु होस – प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संशोधनबिना एमसीसी पास नहुने बताएका छन् ।बजेट वक्तव्यमा एमसीसीका योजनाहरु समावेश भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले एमसीसीमा रहेका केही बुँदा संशोधनका लागि पार्टीमा छलफल हुने बताएका हुन् ।

बजेट वक्तव्यपछि एमसीसी यथास्थितिमै पास हुन लागेको भन्दै केही नेताहरुले प्रचण्डको राय लिएका थिए ।यो क्रममा प्रचण्डले पार्टीभित्र छलफल नभई एमसीसी अगाडि नबढ्ने बताएका हुन् । प्रचण्डसँग हालै मात्र यो विषयमा संवाद गरेका एक नेताले उज्यालो नेटवर्कसँगभ भने,पार्टीभित्र गम्भिर ढंगबाट छलफल नगरी एमसीसी अगाडि बढ्दैन भन्नुभएको छ ।

यसैबीच अध्यक्ष प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने धारणा राखेको ती नेताको भनाई थियो ।यद्यपी प्रधानमन्त्री केपी शर्मा ओली भने यो परियोजनालाइ कुनै हालतमा अगाडि बढाउने तयारीमा छन् । पार्टीमा सहमति नभए पनि संसदमा लैजाने तयारीमा ओली छन् ।

प्रकाशित मिति May 30, 2020
Loading...