दुबईमा आजदेखि कर्फ्युको समय घटाइयो, दुबई विमानस्थलबाट गन्तव्य देश जान र ट्रान्जिट बनाउन पनि सकिने

यूएई – यूएईको दुबईमा लकडाउन खुकुलो बनाइएको छ । दुबई सरकारले आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै बुधबारदेखि लागू हुने गरी दुबईमा जारी कर्फ्युलाई राति ११ बजेदेखि बिहान ६ बजेसम्म मात्रै गर्ने भएको छ । यसअघि साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको थियो ।

कोभिड -१९ (दुबई अपडेट)२७ मे बुधबार देखि लागु हुने गरी दुबई सरकारले आर्थिक गतिविधि सुचारु गर्ने घोषणा गरेको छ । दुबईमा चालु रहेको कर्फ्युलाई (बेलुकी ८ बजे देखि बिहान ६ बजे सम्म थियो) अब राति ११ बजे देखि बिहान ६ बजेसम्म गरिएको छ । अर्थात् बिहान ६ बजे देखि राति ११ बजेसम्म पहिलेको जस्तै हिँडडुल गर्न र आर्थिक कृयाकलाप गर्न खुला गरिएको छ । तर तपाईंले स्वास्थ्यका केही नियमहरु भने अनिवार्य पालना गर्नु पर्नेछ ।

भोलि देखि दुबईमा के के खुल्नेछ ?

१) सिनेमा हल
२) मनोरन्जनका केही क्षेत्रहरु जस्तै दुबई मलमा रहेको आईस रिंक, डल्फिनेरियम आदि
३) स्पोर्ट्स एकेडमी, फिटनेस सेन्टर, जीम र क्लबहरु
४) रिटेल र होलसेल स्टोरहरु
५) एयरपोर्ट- युएई आवासीय भिसा भएकाहरु र ट्रान्जिट भिसा हुनेहरुको लागि
६) क्लिनिकहरु (नाक, कान, घाँटी) लगायत
७) शैक्षिक संस्थाहरु, कोचिंग सेन्टर र तालिम केन्द्रहरु
८) सरकारी सेवाका सबै अफिसहरु (अमेर लगायत)

यी क्षेत्रहरु दुबई राज्यमा मात्र खुल्ला गरिएको हो ।

प्रकाशित मिति May 27, 2020
Loading...