काठमाडौंका जनता तातेपछि कसैलाई छाड्दैनन् भन्दै कांग्रेस नेता महतले भने : काठमाडौंका जनताले राजतन्त्र त फाले, अब ओली सरकारलाई पनि छाड्दैनन् (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं, नेपाली कांग्रेसका बरिष्ठ नेता प्रकाशशरण महतले काठमाडौंका जनता जागेकै कारण राजतन्त्रलाई पनि ठेगान लगाएका हुन् भन्दै काठमाडौं बासीलाई सानो नसम्झन चेतावनी दिए |

नेपाली कांग्रेस काठमाडौ महानगरपालिकाले गुठी विधेयकविरुद्ध इन्द्रचोकमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता महतले विधेयक फिर्ता नलिए जे पनि हुन सक्ने भन्दै तत्काल बिधियक फिर्ता लिन आग्रह गरेका हुन् |

कार्यक्रममा पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य ध्यान गोविन्द, सांसद राजन केसी, नविनराज जोशी, भिमसेनदास प्रधान लगायत नेताको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेता महतले जुन खालले सरकारले गुठी विधेयक ल्याएको छ, त्यसलाई कांग्रेसले कसैगरी पनि नमान्ने बताए ।ओलीको सरकार कुरा गर्ने सरकार हो, काम गर्दैन । तर एउटा काम गर्छ| जनताको अधिकार निषेध गर्छ, प्रेसमाथि दमन गर्छ अभिव्यक्ति स्वतन्त्रतामाथि दमन गर्छ, व्यक्तिको सम्पत्तिको अधिकारमाथि दमन गर्छ । धर्म संस्कृति नास्ने काम गर्छ ।भन्दै नेता महत रिसले आयो भए |

सरकारले गुठीमाथि आक्रमण गरेर गुठीको जग्गा कब्जा गरी आसेपासेको पृष्ठपोषण गर्यो, ‘नेपालको सभ्यता नेवारी सम्यता विना अपुरो छ, हामीले नेवार सभ्यतालाई संसारभरि देखाउँछौं । नेपालको पहिचानको अग्रणी भाग नेवारी सभ्यताले ओगटेको छ उनले भने,अहिलेको सरकारले त्यो सभ्यतालाई समाप्त गर्दैछ आखिर किन ?

विभिन्न धर्म परम्परालाई सरकारले निमिट्यान्न पार्ने कोसिस गर्न खोजेकाले यो प्रयासलाई कांग्रेसले कदापी स्वीकार गर्न नसक्ने उनले बताए ।काठमाडौं बाहिरका गुठीको किसानसँग जोडिएको विषय छ, काठमाडौंको फरक छ भन्दै महतले थप प्रष्ट पार्दै भने बाहिरको उचित समाधान खोज्नुपर्छ तर यहाँको संस्कृति मास्न पाइँदैन,’ उनले भने, ‘जबसम्म सरकारले गुठी विधेयक फिर्ता लिँदैन, सदनमा पनि सशक्त आवाज उठाउँछौं| सडकमा आन्दोलन रहन्छ | अब फेरी काठमाडौंका सडकमा जनसागर उर्लिन्छ |

सरकार हरेक दृष्टिकोणले असफल भइसकेको बताउँदै उनले जे मनलाग्यो त्यही गर्ने लाइसेन्स प्राप्त भयो भन्ने मानसिकता तत्काल हटाउन आग्रह गरे, नत्र अवस्था भयाबह हुने उनको दाबी छ । ‘मनपरी गर्ने अनोकांक्षा कुनै पनि हालतमा पूरा हुन दिँदैनौं । काठमाडौंका जनता तात्दै तात्दैनन् तातेपछि कसैलाई छाड्दैनन् । काठमाडौंका जनता जागेपछि राजतन्त्र समाप्त भएको यो सरकारले नभुलोस्,’ उनले भने, ‘सारा हामीले भनेकै कुरा लागू हुन्छ भन्ने मानसिकता सरकारले हटाए हुन्छ । जनतासँग निहुँ खोजे यो सरकारले कार्यकाल पूरा गर्ने अवसर मात्र होइन भर्खरै हटाउन पनि सकिन्छ |

जनविरोधी र संविधान विरोधी काम तत्काल फिर्ता गर्न उनले माग गरे ।धर्मसंस्कृतिलाई राज्यले संरक्षण गर्नुपर्छ भन्ने कुरा हामीले जोडदार आवाज उठाएपछि संविधानमा उल्लेख भएको हो भन्दै नेता महतले अगाडी थप्दै भने ‘कम्युनिस्टहरू यसलाई संविधानले लेख्ने पक्षमा थिएनन्,’ उनले भने सरकारले होलीवाइन प्रकरण सञ्चालन गर्‍यो, त्यसबाट प्रष्ट भइसकेको छ कि सरकार धर्म संस्कृतिमाथि आक्रमण गर्ने प्रपञ्चको हिस्सेदार भइरहेको छ । नेपालको पहिचान, नेपालको अस्मिता समाप्त पार्ने अभियानमा यो सरकार लागेको छ । त्यसलाई हामी कदापी स्वीकार गर्दैनौं, सडक र सदनबाट विधेयक फिर्ता गराएरै छाड्छौं ।

प्रकाशित मिति June 17, 2019
Loading...