खुसीको खबर,भीम रावललाई रक्षामन्त्री बनाउन माग !

काठमाडौं : लिपुलेक अतिक्रमणवारे देशमा चर्को विरोध जारी रहेको अवस्थामा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजिनामा दिनु पर्ने माग उठेको छ । रक्षामन्त्री पोखरेल कहि कतै बाट परिचालीत भएको हुन सक्ने भन्दै राजिनामा दिनु पर्ने माग उठिरहेको छ

हाल लिपुलेक अतिक्रमण गर्दै भारतीय सेनाले निर्माण गरेको सडकलाई भारतीय रक्षामन्त्रीले उद्घाटन गरेपछि नेपालमा चर्को विरोध जारी छ । कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङ लगायतका त्रिदेशीय सीमाक्षेत्र पर्छन् । कालापानी, लिपुलेकलगायत क्षेत्र भारतले आफ्नो नक्सामा पारेपछि केही समयदेखि यो विषय चर्चामा छ ।

देश कोरोना भाइरसविरुद्ध जुधिरहेको अवस्था एकातिर छ भने अर्कोतिर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक किचलोमा रुमलिरहेको छ । ठीक यही मौका पारेर भारतले एकपक्षीय रुपमा नेपाली भूमि हुँदै मानसरोवर जान बनाएको बाटो उद्घाटन गरेपछि नेपालमा विरोध चर्किरहेको छ ।

सडक उद्घाटन गर्दासम्म मौन रहेको सरकार कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनका बीच काठमाडौंका सडकमा विरोध हुन थालेपछि भने जागेको देखियो । त्यसपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय कदममा असन्तुष्टिसहित ध्यानाकर्षण भएको जानकारी गरायो । त्यसको काउन्टरमा भारतको विदेश मन्त्रालयले लगत्तै वक्तव्य जारी गर्दै लिपुलेकमा बनाइएको सडक भारतीय भूमिमा रहेको दावी गर्यो ।

नेपाली भूमि लिपुलेक अतिक्रमण बारे स्पष्टिकरण सोध्न बोलाइएका भारतीय राजदूतले परराष्ट्र मन्त्रालयमा उल्टै ‘लिपुलेक’ भारतको भन्दै नोट बुझाएको छ । यती सम्म हुदाँपनि नेपाल सरकार मौन किन रु यहाँ गम्भिर प्रश्न खडा हुन्छ । सरकारले कूटनीतिक प्रयासबाट नेपाल-भारतबीचको सीमा विवाद हल गर्ने बताए पनि ठोस प्रगति हुन सकेको छैन ।

यसअघि, गत फाल्गुन ५ गते भारतीय सेनाको कब्जामा रहेको कालापानी निरीक्षणका लागि पठाइएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल रित्तो हात फर्किएका थिए । दार्चुला जाँदा उपप्रधानमन्त्री पोखरेल कालापानीको निरीक्षणमा जाने खबर आएपछि आम नागरिकले चासो व्यक्त गरेका थिए । तर, यो चर्चा फिक्का सावित भएको थियो । पोखरेल लगायत उनी नेतृत्वको टोली बिभिन्न बहना बनाई कालापानी भन्दा १७ किलोमिटर वर छाङ्गरुकै आकाशबाट फर्किएका थिए ।

जानकारहरुको अनुसार त्यही समयमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आफ्ना कर्तव्य निर्वाह गरेको भए नेपालमा आज यस्तो दिन आउने थिएन । रक्षामन्त्री पोखरेलले आफ्ना कर्तव्य निर्वाह गर्न नसकेको जानकारहरुको ठहर छ । त्यती वेला नै भारतीय सेनाले कालापानी लगायतका क्षेत्र आफ्नो कब्जामा लिएको थियो भने, पोखरेलले नेपालको तर्फ कुनै न कुनै किसिमको कदम (नेपाली सुरक्षकर्मी परिचालन जस्ता कदम) चाल्नुपर्ने हुन्थ्यो । पोखरेलले आफ्ना कर्तव्य निर्वाह गर्न नसकेकै कारण कुनै किसीमको कदम नचालेको चर्चा चलेको छ ।

 

प्रकाशित मिति May 14, 2020
Loading...