थप १७ जनामा कोरोना देखियो, संक्रमितकाे संख्या २०८ पुग्याे

आज (मंगलबार) थप १७ जनामा कोरोना पुष्टि भएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

आज यसअघि ५७ जनामा पुष्टि भएको थियो।नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। नयाँ संक्रमित कुन जिल्लाका हुन र उनीहरुको उमर समूह के हो भन्नेबारेमा थप विववरण केही समयपछि दिनेछौं ।

स्वास्थ्य मन्त्रालयले भने नयाँ सक्रमित १७ जनाको केहीवेरमा आधिकारिक घोषणा गर्ने जनाइएको छ । एकैदिन ७४ जना संक्रमित भएको यो पहिलो घटना हो ।

नोट : तल राखिएको यो तालिका जम्मा संक्रमित १ सय ९१ जना हुँदाको हो । नयाँ सक्रमितको जिल्ला सहित केहीबेरमा यो तालिका अपडेट गरिने जानकारी गराइन्छ ।

जिल्ला कुल संक्रमित निको भएका
जम्मा १९१ ३३
पर्सा ६४
उदयपुर ३२ १४
कपिलवस्तु २९
बाँके २४
रुपन्देही १६
काठमाडौं
कैलाली
बारा
रौतहट
चितवन
झापा
बाग्लुङ
कञ्चनपुर
धनुषा
बर्दिया
भोजपुर
सप्तरी

प्रकाशित मिति May 12, 2020
Loading...