सरकारले पहल नगरे डोजर लिएर भारतले निर्माण गरेरको बाटो भत्काउने सहमत हुनेले सेयर गर्नुहोस ।

नवलपुर -:  नेपालको भुभाग भारतले मिच्दा समेत सरकार मौन रहेर तमासा हेरेको नेविसंघ नवलपुरका अध्यक्ष राजेश पौडेलले आरोप लगाएका छन । देशको भुमि मिचिएको नेविसंघ नवलपुरले टुलुटुल हेरेर बस्न नसक्ने भन्दै सरकारले पहली कदम नथाले नेविसंघले डोजर लिएर भारतले निर्माण गरेरको बाटो भत्काउने पनि पछि नपर्ने भन्दै सडकबाट सरकारलाई नेविसंघ नवलपुरले चुनौती दिएको छ ।

छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपालमा विरोध सुरु भएको छ।

नवलपुरको सदरमुकाम कावासोतीमा आज नेवि संघ नवलपुरले शान्तीपुर्ण बिरोध प्रदर्शन गरेको छ ।भारतले नेपाली भूमि मिचेर सडक मार्ग खोलेको विरोधमा नेबिसंघ नवलपुरले सभापति चोकदेखि सुरु गरेको बिरोध र्याली फलफुलचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

नेबिसंघ नवलपुरका अध्यक्ष राजेश पौडेलको नेतृत्वमा आयोजना गरिएको र्यालीमा सामाजिक दुरी कायम गरि निकालीएको थियो ।

प्रकाशित मिति May 11, 2020
Loading...