मुक्तीनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर आजको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।जय मुक्तीनाथ माई।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- गोपनियता तथा गोप्यकुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । कामका बाधा अवरोधको सामना गर्दै अगाडि बढ्नु पर्ने बाध्यता आउँनेछ । समय अनुशार नचल्नाले अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउँनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अबिश्वास बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- व्यापारमा साझेदारहरु बिच मनमुटाब बढ्ने हुनाले सम्यम भएर प्रस्तुत हुनुहोला । आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउँन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):- पुराना रोग पुन बल्झिनाले स्वास्थ्यमा समस्या आउँन सक्छ । बिद्या तथा प्रतिष्पर्धामा आजको दिन समय मध्ययम रहेकोले प्रतिष्पर्धिहरुनै हावि हुनेछन् । अदालति निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केहि समयको लागि टाडिनु पर्ने बाध्यता आउँनेछ । आफन्त,मामा तथा मावलि पक्षसँग राय बाजिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- राजनिति तथा समाजसेवामा समय लगानि गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यावसायमा मन्दि आएपनि घरजग्गा तथा सवारि साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुदानै राम्रो हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- दाजुभाई,आफन्त तथा छिमेकी सँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाँकी रहेको काम थाति रहनेछ । व्यापारमा लगानिको अभावले आम्दानिमा कमि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने तथा लगानि बढाउँदा भविष्यमा आम्दानि भईरहनेछ । बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :-पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पति तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउँन सकिनेछ । राजनितिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमिकमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- समय मध्ययम रहेकोले पढाई लेखाईमा भनेजस्तो प्रगति गर्न सकिनेछैन । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । माया प्रेममा धोका तथा बिश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यावासय फस्टाएर जानेछ । लामो दुरिको यात्रा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्पावसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा):- सरकारि तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानि कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुँनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुँनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।

प्रकाशित मिति June 16, 2019
Loading...