आखिर नेताहरु लाइ देश र जनताको माया खैत ? पद पाउन मात्र मरि हत्ते किन ?

इश्वर निरौला कार्की: – सचिवालय बैठकमा अल्पमत परेपछि आफू निकट स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरुलस परामर्शमा रहनुभएका नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले तीन रणनीति तय गर्नुभएको तथ्य खुलेको छ ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध भैसिपाटी गठबन्धन गराएर मिसन चलाउनु भएका बरिष्ठ नेता नेपालले सचिवालयमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमले धोका दिएको निश्कर्षसहित अव ‘फुटाउ र राज गर’ को नीति अख्तियार गर्नुभएको हो ।

सचिवालयमा रहेका नेताहरुबीच फुट गराएर ओलीबिरुद्ध मिसन चलाउने रणनीतिकै अनुसार नेता नेपालले आफू निकट केन्द्रीय सदस्यमार्फत उपाध्यक्ष गौतम र महासचिव बिष्णु पौडेलले नै ओलीले पार्टी र सरकार चलाउन नसकेको भन्दै आफूलाई प्रधानमन्त्री बन्न अफर लिएर आएको प्रचार गराउनु भएको हो ।उहाँले बामदेव र बिष्णु पौडेलको नामै लिएर ओलीले सकेनन, तपाई प्रधानमन्त्री बन्नुपर्यो भन्दै आएको तर धोका दिएको हामीलाई बताउनु भयो,’ शनिवार बरिष्ठ नेता नेपालले बोलाएको आफू निकटको गुट भेलामा सहभागी एक केन्द्रीय सदस्यले जनताटाइम्ससँग भने । उनका अनुसार नेता नेपालले भेलामा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमले आफूहरुमाथि ठुलो घात गरेको भन्दै यसको बदला लिनुपर्ने निश्कर्ष सुनाउनु भएको थियो ।

तर बाहिर जाँदा भने प्रचण्डसँगको सम्बन्ध कायम रहेको, दुरी नबढेको, धोका नदिएको भन्ने र बामदेवमाथि जाइलाग्ने निर्देशन दिइएको थियो । सचिवालयको बैठकअघि पूर्वएमाले र पूर्वमाओवादी पक्ष बनेर कित्ताकाट हुन नहुने बताउँदै आउनु भएको नेता नेपालले सो भेलामा भने जसरी सकिन्छ, आफूहरुको अवस्था बलियो बनाउन लाग्ने निश्कर्षसहित अध्यक्ष ओली र प्रचण्डबीच दुरी बढाउने योजना सुनाउनु भएको थियो ।

यस्तै सचिवालय बैठकपछि अर्का बरिष्ठ नेता झलनाथ खनालसमेत आफूहरुको कित्तामा नलाग्ने स्पष्ट भएको भन्दै ओलीसँगै खनाल र गौतम पक्षमा रहेका सवैलाई आफूहरुको पक्षमा बिलय गराउने योजना पनि बनेको छ ।भेलामा नेता नेपालले सचिवालय बैठकअघि भएको सहमति तोडेर प्रचण्डले धोकेवाजको पुष्टि गरेको निश्कर्षसमेत सुनाउनु भएको छ भने उपाध्यक्ष गौतममाथि गम्भीर आक्षेप लगाउनु भएको छ । नेपाल पक्षका अनुसार गौतम सधै ओलीसँगै मिलेर आफूहरुको योजना पुर्याउने सुराकीको काम गरेको आरोप लगाइएको हो ।

यस्तै सचिवालय बैठकलगत्तै बरिष्ठ नेता झलनाथ खनालले नेकपाभित्रको बिवाद सकिएको, प्रधानमन्त्रीको राजीनामा माग्ने बिषयको च्याप्टर क्लोज भएको र गुटे बैठकको अर्थ नरहेको सार्वजनिक घोषणा गरेको भन्दै सवक सिकाउनु पर्ने निश्कर्ष निकालेको हो ।जेएनले पनि धोका दिने निश्चित भयो, बामदेज जसरी नै, दुवैलाई सवक सिकाएर सकाउने बाटोमा लाग्नुपर्छ,’ भेलाको निश्कर्ष सुनाउँदै सहभागी अर्का नेताले भने । भेलामा स्थायी कमिटी बैठकमा सचिवालयबाट आएको प्रस्तावको बिरुद्धमा बोल्नेदेखि नारावाजीसम्मको काम अघि बढाउनु पर्ने निश्कर्ष पनि निकालिएको छ । नेकपाको स्थायी कमिटी बैठक यही बैशाख २५ गते बिहीवार बस्दैछ । त्यसअघि बुधवार सचिवालय बैठक बस्नेछ ।

गत शनिवार बसेको सचिवालय बैठकले स्थायी कमिटीमा सरकारको नीति कतथा कार्यक्रम र बजेटको बिषयमा आवश्यक योजनासहित स्थायी कमिटी बैठकमा प्रस्ताव लैजान भोलि २४ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।सोहीअनुसार स्थायी कमिटीमा लैजाने दस्तावेज लेखनको काम कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेललाई जिम्मा दिइएको छ । प्रतिवेदन लेखनको क्रममा प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित नेता नेपालसँग समेत छलफल गर्नुभएको छ । नेपाल पक्ष भने सहमतिको दस्तावेज लेखनका लागि अध्यक्ष प्रचण्डले गरेको भेटघाटलाई समेत ओलीबिरोधी गठबन्धन कायम रहेको भन्दै प्रचार गराइरहेको छ ।

प्रकाशित मिति May 5, 2020
Loading...