आजदेखि देशभर लकडाउन ब्यापक कडा – अब पास भएका सबारी पनि चलाउन नपाइने

काठमाडौं-:  नेपालगन्जमा एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि देशभरको लकडाउन कडा पारिएको छ । क्षेत्र छुट्याएर जोखिम कम भएका स्थानमा लकडाउन खुकुलो पार्ने तयारी भैरहेका बेला चुनौती थपिएपछि झन् कडा पार्ने तयारी गरिएको हो ।

नेपालगञ्ज र पर्सामा आइतबार मात्र १६ जना संक्रमित भेटिएपछि थप जोखिम नबढोस् भनेर लकडाउन कडाइ गरिएको हो ।लकडाउन केही खुकुलो हुने अनुमान गरिए पनि नेपालगन्जमा १५ जनामा संक्रमण देखिएपछि चुनौती बढेको भन्दै थप कडाइ गरिएको प्रहरीले जनाएको छ ।तराई क्षेत्रबाट रातारात हुलका हुल मान्छे काठमाडौं आएको भन्दै काठमाडौंको लकडाउन पनि थप कडा पारिएको छ । सीमाबाट हुनसक्ने घुसपैठमा कडाइ गर्ने । एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा कडाइ गर्ने प्रहरीले तयारी गरेको छ ।

यस्तै काठमाडौं उपत्यकामा पनि लकडाउनमा कडाइ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए । उनले काठमाडौं भित्रिने नाकामा समेत उच्च निगरानी राखिएको जानकारी दिए ।

डीआईजी पोखरेलले भने, “तुलनात्मक हिसाबले काठमाडौं सुरक्षित देखिएको छ । अब यहाँ भित्रिने नाका बिरामी र अत्यावश्यक कुराको यकिन गरेर मात्रै प्रवेश गर्न दिन्छौं । पासको सही सदुपयोग भएको छ कि छैन पनि यकिन गर्छौं ।पोखरेलका अनुसार अब पास लिएका पनि धेरैजसो सवारीसाधन चलाउन नदिने तयारी भैरहेको छ । पहुँचका आधारमा धेरैले पास लिएर दुरुपयोग गरेको समेत भेटिएको छ ।

प्रकाशित मिति May 4, 2020
Loading...