प्रधानमन्त्री ओलीले फकाए वामदेवलाई  छोडे प्रचण्ड-माधव गठबन्धन अब ओलीको वहुमत हुने !

काठमाडौं –:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रचण्ड- माधव गठबन्धनका संयोजनकर्ता रहेका उपाध्यक्ष बामदेव गौतमले एकाएक प्रचण्ड- माधव गठबन्धनलाई छोडेका छन ।भोलि २०७७ वैशाख २० गते शनिबार साँझ नेकपाको सचिवालय बैठक डाकिएको छ । बैठकमा प्रस्तुत गरिने एजेण्डाका विषयमा छलफल गर्न तयारीका लागि वरिष्ठ नेता माधव नेपाल निवास कोटेश्वरमा २०७७ वैशाख १० गते भएको बैठकमा बामदेव गौतम अनुपस्थित भएपछि गौतमले प्रचण्ड- माधवको साथ छाडेको अड्कल काटिएको छ ।

नेकपाका एक जना स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले २०७७ वैशाख १९ गते साँझ ८ बजे दिएको एक टेलिभिजन अन्तर्वार्तामा उपाध्क्ष वामदेव गौतम ओली गुटमा लागेको बताएका छन ।पछिल्लो समय नेकपामा दुई लाइन संघर्ष चर्किंदै जाँदा प्रचण्ड र माधव नेपाल एकापसमा नजिक बनेका छन् । प्रधानमन्त्री ओलीले भने वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि सारेका कारण गौतम ओली तर्फ लाग्दा सचिवालयमा ओलीको बहुमत देखिएको छ ।

नेकपाको ९ सदस्यीय सचिवालयमा यस अघि अल्पमतमा रहेका अध्यक्ष तथा प्रधानमन्त्री ओली अब वामदेव गौतमको साथ पाएपछि बहुमतमा देखिएका छन । सचिवालयमा इश्वर पोखरेल, रामहादुर थापा बादल र विष्णु पौडेल सहित पाँच जना पुगेर बहुमत हुदा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसंग अर्का वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको मात्र साथ रहेको छ ।

बुधबारको सचिवालयको बैठमा प्रधानमन्त्री ओलीले आफुले सत्ता छोडनु पर्ने भए उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव ल्याएपछि नेकपा भित्रको आन्तरिक राजनीतिमा तरंग उत्पन्न भएको छ । ओलीको उक्त प्रस्तावलाई नेकपावृतमा कतिपयले गंभीरतापूर्व लिएका छैनन् ।

विगत केही समयदेखि समकालिनहरु सबै प्रधानमन्त्री भइसकेको अवस्थामा अब आफूले प्रधानमन्त्री बन्न पाउनु पर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिंदै आएका गौतमले पनि २०७७ वैशाख १७ गते बुधबारयता विकसित अवस्थाको विष्लेषण गरिरहेको बताउदै आफू निकटसंग सरसल्लाहमा जुटेको बताएका छन ।प्रधानमन्त्री ओलीले ल्याएको प्रधानमन्त्रीको प्रस्तावको इमान्दारिता र सत्यता जाँचेर भोलिको सचिवालय बैठकमा धारणा राख्ने तयारी गौतमले गरेको उनी निकट एक जना नेताले साँघुलाई बताए ।

सचिवालयमा ओलीलाई बहुमत प्राप्त भएपछि प्रचण्ड – माधव गठबन्धनका एजेण्डा सचिवालयको बैठकबाट तुहिने संभावना रहेको बताउदै ती नेताले भने – ‘अब उहाँहरुबाट स्थायी कमिटीको बैठक डाक्नु पर्नेमा जोड गरिनेछ ।यसअघि नेपाल निवास कोटेश्वमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताको उपस्थतिमा केही स्थायी कमिटी सदस्यहरु सहितको बैठक बसेको थियो । करिब ३ घण्टासम्म बसेको प्रचण्ड- माधव गठनबन्धनको बैठकमा बामदेव गौतमको भूमिकाका बारेमा आशंका उठेको सहभागी एकजना स्थायी कमिटी सदस्यले बताए ।

उक्त बैठकमा स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, भीम रावल, रघुजी पन्त, मुकुन्द न्यौपाने, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत थिए ।प्रधानमन्त्री निवास बालुवाटारमा२०७७ वैशाख १७ गते बुधबार साँझ बसेको सचिवालयको बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई आगामी प्रधानमन्त्रीका रुपमा र माधव कुमार नेपाललाई तेश्रो नम्बरको अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए ।

नेपाल निवासमा भएको बैठकमा २० जना स्थायी कमिटी सदस्यहरुले माग गरेको बैठकका विषयमा पनि भोलिको सचिवालय बैठकमा छलफल गर्न सुझाएका थिए । स्थायी कमिटीको बैठकको मिति जसरी भएपनि २०७७ वैशाख २० गतेको बैठकबाटै तोक्नु पर्ने कुरामा उनीहरुको जोड थियो ।

प्रकाशित मिति May 2, 2020
Loading...