घरभाडा छुट सबैलाई होइन, असंगठित मजदुरलाई मात्र हो : अर्थमन्त्री

काठमाडौं, १९ बैशाख सरकारले असंगठित मजदुरलाई एक महिनाको भाडा नलिन फेरि आग्रह गरेको छ । यो निर्णयको कार्यान्वायनलाई प्रभावकारी बनाउन समेत भनिएको छ ।अर्थमन्त्री मन्त्री युवराज खतिवडाले बिहीबार पत्रकार सम्मेनमा भने,‘असंगठित मजदुरलाई एक महिनाको घर भाडा मिनाहा गर्न भनेका हौं, पैसा हुने र तिर्न सक्नेहरुलाई यो भनेका छैनौं, घरधनीलाई न्युनतम आह्वान गरेका हौं, एक महिनाको घरभाडा पनि छुट दिन फेरि आग्रह गर्दछौं । सरकारले माध्यमिक तहसम्मका बिद्यालयलाई आवास बाहेक अन्य शुल्क नलिन पुनः आग्रह गरेको छ।

प्रधानमन्त्री केपी ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको बताएका छनु । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले अस्थिरताका प्रयासमा सञ्चार माध्यमहरु पनि सहभागी भएको आरोप लगाएका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्थामा अफठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद भएको बताएका छन् ।मुलुकको वर्तमान परिस्थितिलाई कसैले बिथोल्न खोजे सरकार नेकपा कार्यकर्ता र जनताले स्वीकार नगर्ने प्रधानमन्त्रीले बताएका छन् । प्रधानमन्त्री ओलीले घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै नराख्ने उल्लेख गर्दै आफू नेतृत्वको सरकारले भ्याएसम्म सुविधा दिने बताए ।

प्रधानमन्त्री ओलीले अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्या्दित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने पनि बताएका छन् । उनले श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ सम्पूर्ण प्रयास केन्द्रित हुने पनि सन्देशमा उल्लेख गरेका छन् ।उनले अहिलेको लकडाउन विश्वव्यापी र बाध्यकारी भएको बताएका छन् । कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रकाशित मिति May 1, 2020
Loading...