कोरोना फैलिन नदिन ओली सरकारले साहसी काम गरेको भन्दै चिनियाँ राष्ट्रपतिले गरे प्रशंसा

काठमाडौं , १६ बैशाख -:  राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ ।उहाँहरुबीच भएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि चालेका सुदृढ कदम र विश्वका अन्य देशलाई यसविरुद्धको लडाइँमा गरेको सहयोगको प्रशंसा गरेको मन्त्रलायले जनाएको छ ।

 

राष्ट्रपति भण्डारीले चिनियाँ सरकार र जनताले नेपाललाई स्वास्थ सामग्री उपलब्ध गराएकामा पनि सराहना गर्नुभयो प्रत्युत्तरमा राष्ट्रपति सीले नेपालले कोरोना भाइरस फैलन नदिन गरेको शीघ्र र साहसी कार्यको प्रशंसा गर्दै यस सम्बन्धमा नेपाललाई सहयोग गरिने विश्वास दिलाउनुभयो ।

प्रकाशित मिति April 28, 2020
Loading...