बदेल मा’र्न थापिएको धरापमा परि एक जनाको निधन, घ*टना लुकाउन श’व गा’ड्ने ५ प*क्राउ

गाउँका युवाले बंदेल मा’र्न थालेको धरापमा परेर एक भूपू सैनिकको ज्या’न गएको छ । रुपन्देहीको तिलोत्तमा–११ का पाँच जना युवाले आफ्नो बस्तीमा बँदेलले बाली खाएर स’खाप पार्न थालेपछि एउटा जुक्ति निकाले, बँदेल हिँडने बाटोमा विद्युतीय धराप थापेर मा’र्ने ।उक्त योजना अनुसार वैशाख १ गते राति तिलोत्तमा र देवदह नगरपालिकाको सीमाना छुटयाउने रोहणी खोलामा राति ११ बजे विद्युतीय धराप थापेर नजिकैको एउटा रुखमुनि सुते । भोलिपल्ट बिहान चार बजेको समयमा तिलोत्तमा ११ भूपू सैनिक टोलका मिनबहादुर गौतम सोही बाटो देवदहबाट घर आउँदै गर्दा सोही विद्युतीय धरापमा परे ।

धरापमा परेर गौतमको निधन भयो । विद्युतीय धरापमा उनीसँगै बँदेल पनि पर्‍यो । तिलोत्तमा–१ का चन्द्रबहादुर थापा, नरबहादुर पुन, उपेन्द्रबहादुर शाह, अमर पुन र माइला भन्नेले गौतमको श’वललाई उठाएर देवदह–९ को मिलन सामुदायिक वनको झाडीमा खा’डल ख’नेर गा’डे ।परिवारले गएको ७ गते इलाका प्रहरी कार्यालय मंगलापुरमा निवेदन दिए । प्रहरीले अनुसन्धानको क्रममा गाउँका तीन जना युवालाई सोधखोज गर्दा घटनाका विवरण बताएपछि घटना बाहिर आएको हो । प्रहरीले मंगलवार राति ११ बजे श’व गा’डेको स्थलमा ती युवाहरूको सहयोगमा नै पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले पाँच जना युवा प्रहरीको नियन्त्रणमा रहेको बताए । उनीहरूले ३ फिट गहिरो खा’डल खनेर गौतमको श’वलाई गा’डेका फेला परेको थियो । इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी डिलबहादुर मल्लले घटना सुनियोजित नभए पनि युवाहरूले घटना लुकाउन खोजकोले उनीहरूलाई फौजदारी संहिता अनुसार कारवाही हुने बताए । गौतम सोही बनको हेरालु समेत रहेका थिए ।

गौतमका एक छोरी र श्रीमती छन् । रुपन्देहीको देवदहमा अपराधिक घटना बढ्दै गएका छन् । केही समय अगाडि देवहका अनिश पुरीको पनि गाउँकै युवाहरूको सामुहिक प्र’हा’रबाट निधन भएको थियो । नयाँपेज

प्रकाशित मिति April 24, 2020
Loading...