यस्ता दलबाट देश बन्न नसक्ने प्रमाणित भैसक्यो मेरो खाचो छ   – ज्ञानेन्द्र शाह

काठमाडौँ :– पछिल्लो समय नेपालमा देखिएको राजनीतिक खिचातानीलाई लिएर सरकार र राजनीतिक दलहरूको चर्को आलोचना भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अब राजनीतिक दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार सकिएको बताएका छन् ।क्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलले प्राप्त जनमतको खिल्ली उडाएको र फोहोरी खेल खेलेको समेत आरोप लगाएका छन् ।

पूर्वराजा शाहले राज्य सत्ताको आडमा फोहोरी खेल खेल्न उद्यत भएको देख्दा आम नेपालीको मन रोएको भन्दै यिनीहरूबाट अब कुनै आशा बाँकी नरहेको बताएका छन् ।त्यतिमात्र होइन उनले संकटको यस घडीमा पनि जनसेवाको पूर्ण बेवास्ता गर्दै यस्ता निकृष्ट काम गर्नेहरूको वास्तविक रुप बाहिर आएको पनि बताएका छन् ।यस्तो छ उनको ट्वीट

संकटको यस घडीमा पनि जनसेवाको पूर्ण बेवास्ता गर्दै, प्राप्त जनमतको खिल्ली उडाउँदै सत्ताधारी राजनैतिक दल आपसी मनमुटाब र फेरी पनि राज्य सत्ताको आडमा फोहोरी खेल खेल्न उद्यत भएको देख्दा आम नेपालीको मन कति रोएको होला । यस्ता दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार अब केही रहेन।

प्रकाशित मिति April 24, 2020
Loading...