वैशाख ६ गते, शनिबारको राशिफल हेर्नुहोस र संकटा देवीको दर्सन गर्नुहोस दिन शुभ हुने छ  !

वि.सं.२०७७ साल वैशाख ०६ गते । शनिबार । ईश्वी सन् २०२० अप्रिल १८ तारिख । नेपाल संवत् ११४० ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारी साधन तथा अन्य भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । तरपनि खानपान तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा परिवारका साथ गरी घरमै समय व्यातित गर्न सकिनेछ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिकताको प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा समस्या आउने हुनाले आहार विहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनीसँग मनमुटाव बढ्नेछ भने समय अनुसार अपडेट नहुँदा अरुभन्दा पछि परिनेछ । पढाइ लखाइमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा तपाईको नाम अरुभन्दा पछि आउनेछ । प्रेममा अविश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरिले तपाईको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पति तथा विलाशि सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहाँदा नचाहाँदै छुट्टीनु पर्ने बाध्यता आउनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सम्वन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइसँग मनमुटाव बढ्नेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । खानपानमा तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकिहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग समय व्यातित हुनेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् । तार्किक क्षमतामा बृद्धि भएर जानेछ । गाएन तथा संगीतको क्षेत्रमा राम्रा काम गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृढ भएर जानेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ प्रविधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । विद्यार्थी वर्गहरुका लागि मेहनेत गरि अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा विलाशिताका सर सामान प्रयोग गरि अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुनसक्छ । माया प्रेमको दुरि बढ्ने हुनाले मनमा नरामाइलो महशुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । विदेशमा हुनुहुन्छ भने
स्वास्थ्यको ख्याल गर्नुहोला ।तपाईको दिन शुभ रहोस् ।

प्रकाशित मिति April 18, 2020
Loading...