कष्टपुर्ण पैदल यात्रा गरिरहेका कोहि पनि अब कष्ट हुने छैन – जनार्दन शर्मा

काठमाडौं -: देशभर मजदुरहरु विचल्ली भएको भन्दै सरकारको आलोचना भइरहेका बेला सत्तारुढल दलकै नेताले मजदुरहरुको व्यवस्थापन गर्न माग गरेका छन् । पुर्व गृहमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले सामाजिक संजाल फेसबुकमा श्रमिकहरुको व्यवस्थापन गर्न सरकारसंग माग गरेका छन् ।

शर्माले विभिन्न स्थानमा श्रम गर्न आएका मजदुरहरु लक डाउनकै बीचमा कष्टपुर्ण पैदल यात्रा गरिरहेको भन्दै यसले झन संक्रमणको खतरा हुन सक्ने बताएका छन् । उनले उच्चस्तरीय समन्वय समितिले देशका विभिन्न भागमा रहेका मजदुरहरुलाई प्राथमिकताका साथ स्वाब टेष्ट गरि नेगेटिभ देखिएका सबैलाई सम्बन्धित स्थानमा पुर्याउदा सबै समस्या समाधान हुने समेत सुझाव दिएका छन् ।

प्रकाशित मिति April 17, 2020
Loading...