वैशाख ४ गते, बिहीबारको राशिफल हेर्दै दक्षिणकालीको दर्सन गरौ !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्वपूर्ण कामहरु बन्नेहुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरु भन्दा निकै नै अगाडि बढी पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । तरपनि खानपान तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवनसाथीको पनि सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवारमा आफन्त तथा पति पत्निबीच विवाद बढ्नेछ भने माइति चेलिबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरु नै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पठन पाठनमा अलि मन नजाँदा गृहकार्यहरु समयमा सकाउन मुस्किल पर्नेछ । आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्वन्धमा विश्वास बढेर जानेछ । विवाद प्रतिस्पर्धामा विपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवनसाथीको असहयोगले कामहरु समयमा सम्पन्न नहुने योग रहेकोछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउन सकिनेछ । खानपानमा तथा सरसफाइमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्तसँग मिलेर काम गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाईलो बसाइमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन तथा प्रतिस्पर्धामा तपाईको नाम एक कदम अगाडि आउनेछ भने प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागि अलि बढि मेहनत गर्नुपर्नेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरि अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । साथीभाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

प्रकाशित मिति April 16, 2020
Loading...