ओली सरकारको अर्को राम्रो काम बढी मुल्यमा सामान बेच्नेको पसलमा ताला

कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनको मौका छोपेर मोरङको पथरी शनिश्चरे २ स्थित प्रगति टोलको एउटा किराना पसलमा बढी मुल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा ताला लगाइएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अनुवाईको अनुगमन् समिति, इलाका प्रहरी कार्यालय, पथरी उद्योग वाणिज्य संघ तथा राजनीतिक दलका प्रतिनिधि सम्मिलित टोलीले आज त्यहाँ छड्के अनुगमन्का क्रममा कालोबजारी गरेको पाएको हो ।

चिन्तामणि गौतमले सञ्चालन गरेको सो पसलबाट आज १ सय १० रुपैयाँ किलोग्रामको मुसुरी दाललाई १ सय ४० र ४० को सुजीलाई ४५ रुपैयाँमा विक्री गरेको भेटिएपछि टोलीले पसलमा ताला लगाएको अनुगमन् संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो ।पसल सञ्चालकलाई बढी मुल्यमा सामान नबेच्न चेतावनी दिँदै नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ । अनुगमन् टोलीले अत्यावश्यकीय खाद्यान्नहरुमा मुल्य बृद्धि नगर्न अनुरोध गर्दै लगातार बजार अनुगमन् गरिरहेको छ ।

यसैबीच, कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण अति समस्यामा परेका केही छुट मजदुरहरुका लागि राहत ब्यवस्थापन गर्न आज नगरमा छलफल भएको छ । नगरस्तरिय राहत ब्यवस्थापन तथा वितरण समितिको बैठक बसेर छलफल गरिएको समिती संयोजक एवम नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले बताउनु भयो ।

प्रकाशित मिति April 15, 2020
Loading...