कोरोना संक्रमितको सङख्या १७ पुग्यो,आजै तीनजनामा संक्रमणको पुष्टि !

नेपालमा मंगलबारमात्रै थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सोमबार काठमाण्डौको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा भेटिएका शंकाष्सपद तीनैजनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको हो ।आज संक्रमणको पुष्टि भएका तीनजनापछि नेपालमा कोरोना भाईरस संक्रमितको सङ्ख्या १७ पुगेको छ। बेलायतबाट फर्किएका एकै परिवारका तीनजनामा सोमबार र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि उनिहरुको पिसिआर विधिबाट पुन परिक्षण गरिएको थियो । मंगलबार गरिएको दोस्रो परिक्षणमा पनि उनिहरु तिनैजनाको पोजेटिभ रिपोर्ट आएको हो । स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिएको छैन । संक्रमित तिनै जना अहिले पाटन अस्पतालको आइसोलेसनमा छन् । तीनैजना गत चैत ५ गते कतार एयरलाइन्सबाट नेपाल आएका थिए ।

नेपालमा हालसम्म संक्रमित भेटिएका मध्ये एकजना उपचारपछि निको भएर घर फर्किएका छन भने अन्य १६ जना अहिले उपचारत छन । संक्रमितमध्ये दुईजना काठमाण्डौ, तीनजना ललितपुर, ५ जना धनगढी, एकजना रौतहट , दुईजना बाग्लुङ र तीनजना बिरगंजस्थित नारायणी अञ्चल अस्पतालमा उपचारत छन ।
नेपाल कोरोना भाइरस संक्रमण देखिएपछि हालसम्म र्यापिड टेस्ट र पिसिआर मेसिनमार्फत जम्मा १० हजार ९ सय ८२ जनाको परीक्षण भइसकेको छ । परिक्षण गर्दा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितको सङ्ख्या बढ्न थालेपछि बाग्लुङ, कैलाली लगायतका संक्रमण देखिएका जिल्लाबाट शुरु भएको र्यापिट किटबाट परीक्षण गर्ने कामलाई बिस्तार गदै सरकारले सोमबारदेखि ५२ जिल्लामा यो परिक्षण थालेको जानकारी दिएको छ । कोरोनाको संक्रमण फैलिन नदिन देश गएका तीनहप्तदेखी पूर्ण लकडाउनमा छ भने हाल विदेशबाट आएका ७ हजार १ सय ६६ जना देशभरका विभिन्न क्वारेन्टाइनमा रहेका छन् ‘।

प्रकाशित मिति April 14, 2020
Loading...