थप १५ दिन लकडाउन,अझ कडा हुने

काठमाडौं, १ वैशाख -:  सरकारले लकडाउन अझै लम्ब्याउने निश्चित भएको छ । भोलिसम्ममा सरकारले लम्ब्याउने घोषणा गर्ने भएको छ ।’ ३ वैशाखमा दोस्रो चरणको लकडाउन अन्त हुनुअघि नै घोषणा हुने बुझिएको छ’ ।

कोरोना भाइरसको थप संक्रमित भेटिएको र भारतबाट नेपाल छिरेकाहरुमा संक्रमण देखिएपछि लकडाउन लम्ब्याउने र अझ कडाई गर्ने तयारी भएको हो । विश्वस्त स्रोतका अनुसार दुई हप्ता फेरि लकडाउन लम्ब्याएर भारतसँग सीमा जोडिएका निश्चित सीमालाई पुरै शिल्ड गर्ने तयारी समेत भएको छ । कैलाली सीमा देखि एक सय किलोमिटर क्षेत्र शिल्ड गरिसकिएको छ । झापामा पनि सीमा देखि निश्चित किलोमिटर शिल्ड गरिएको छ ‘।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै लम्ब्याउने संकेत गरी सीमामा अझै कडाई गरिने स्पष्ट पारिसकेका छन् ‘। उनले शनिबार मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा सीमामा कडाई गर्ने र लकडाउन खुकुलो बनाउने कुनै सम्भावना नभएको प्रष्ट पारिसकेका छन्’ ।

यसैगरी, वीरगञ्जमा लकडाउन अझ कडाई गरिने भएको छ । मस्जिदमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएपछि वीरगञ्ज क्षेत्रमा कडाई गरिएको छ । प्रदेश २ को वीरगञ्जलगायत मुख्य इलाकामा कफर्यु लगाउने सम्मको तयारी भएको बुझिएको छ’ । राजपा नेता राजेन्द्र महतोले वीरगञ्जमा कफर्यु लगाउनुपर्ने बताइसकेका छन् ‘।

लकडाउन लम्ब्याउने र कडाई गर्नुपर्नेमा मुख्यमन्त्रीहरुले जोड दिइसकेका छन् । सरकारले कम्तिमा अझै दुई हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ‘।’ संक्रमित बढिरहेकाले पनि लकडाउन अनिवार्य रहेको भन्दै प्रधानन्त्री केपी शर्मा ओलीले कडा कदम चाल्न निर्देशन दिइसकेको बुझिएको छ ‘।

प्रकाशित मिति April 13, 2020
Loading...