वैशाख १ गते बिहान ६ बजे स्वास्थ्यकर्मीको सम्मानमा १ मिनेट ताली बजाइने,जानकारीको लागि सक्दो सेयर गरौ !

काठमाडौं- :  वैशाख १ गते बिहान ६ बजे स्वास्थ्यकर्मीको सम्मानमा १ मिनेट ताली बजाइने भएको छ । नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ नेपाल लगायत विभिन्न महासंघ सञ्जाल र नागरिक संघ संस्थाहरुको सामूहिक आहवानमा ताली बजाइन लागेको हो ।

कोरोना संक्रमण विरुद्ध अग्रमोर्चामा लडिरहेका स्वास्थ्यकर्मी सहितका योद्धाहरु, सुरक्षाकर्मीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु, पत्रकारहरु, समुदायस्तरमा खटिएका स्वयंसेवकहरु र लक डाउनको पालना गरिरहेका आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्न आ-आफ्नो स्थानबाट १ मिनेट ताली बजाउने कार्यक्रम तय भएको पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।

प्रकाशित मिति April 12, 2020
Loading...