आजदेखि भरि सिलिण्डर ग्यासको बिक्री, जानकारीका लागि सक्दो सेयर गरौ

चैत ३०,काठमाण्डौ –: नेपाल आयल निगमले आजदेखि पुरै भरिएकोे ग्यासको सिलिण्डर बिक्री गर्ने भएको छ ।कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै निगमले गएको १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएकोमा आजदेखि पुरै ग्यासको सिलिण्डर बिक्री गर्ने भएको हो ।निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजदेखि पुरै ग्यास सिलिण्डर बिक्री गर्ने निर्णग गरेको थियो ।

 

प्रकाशित मिति April 12, 2020
Loading...