भारत बाट नेपाल आएर लुकेर बसेका ३ जनामा कोरोना संक्रमण पुष्टि,सगै १२ जना पुगे

काठमाडौं -: थप ३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार गराइरहेका उनीहरु तिनैजना भारतीय नागरिक हुन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको रिर्पोट पोजेटिभ आएको हो । किटजन्य रोग अनुसन्धान केन्द्र हेटौडामा उनीहरुको रिर्पोट अस्पष्ट आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण गरिएको थियो ।३ जना थपिएसँगै नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिको संख्या १२ पुगेको छ

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

प्रकाशित मिति April 12, 2020
Loading...