खुसिको खबर,तीन महिनाको विद्युुत् महसुुल वडाले तिरिदिन

बैतडी -:  दोगडाकेदार गाउँपालिका ४ का सम्पूर्ण विपन्न परिवारको ३ महिनाको विद्युत् महसुुल वडा कार्यालयले तिरिदिने भएको छ। वडा कार्यसमितिको शुक्रबार बसेको आपतकालीन बैठकले त्यस्ता परिवारको वैशाख, जेठ र असारको विद्युत् महसुल तिरिदिने निर्णय गरेको हो।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनमा दलित र विपन्नले मजदुरी गर्न नपाएको भन्दै वडाबाट यस्तो निर्णय गरिएको दोगडाकेदार ४ का अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए। बैठकले वडामा रहेका दलित र विपन्नको लगत संकलनका लागि वडा सदस्य तिरा चुनाराको संयोजकत्व तीन सदस्यीय समितिसमेत गठन गरेको छ। उक्त लगत संकलन समितिलाई वैशाख १५ गतेसम्म लगत संकलनको रिपोर्ट बुुझाउने समय दिइएको वडाध्यक्ष भट्टले जानकारी दिए।

प्रकाशित मिति April 11, 2020
Loading...