सरकारी झण्डा हल्लाएर संरक्षण गर्न जाने आपुर्ति राज्यमन्त्री दुगडलाई तत्काल पदमुक्त गर्नुपर्छः रावल

काठमाडौँ -:  नेकपाका नेता भिम रावलले कालोबजारी प्रकरणमा पक्राउ परेका सुलभ अग्रवाललाई सरकारी झण्डा हल्लाएर संरक्षण गर्न जाने आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई तत्काल पदमुक्त गर्न माग गर्नुभएको छ ।उहाँले यस्ता अप राधमा सम्लग्नहरुलाई बचाउनका लागि गैरकानूनी ढंगले चलखेल गर्न खोज्ने कसैलाई पनि सरकारमा बसेर झण्डा हल्लाउने अधिकार नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुगडलाई तत्काल पदमुक्त गर्नुपर्ने बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै नेता रावलले पार्टीमा आजिवन त्याग गरेकालाई लत्याएर जो पायो त्यही भ्रष्ट र कालाबजारियाहरुलाई सरकारमा सामेल गराउने गलत प्रबृतिले यस्तो भएको बताउनुभयो । रावलले पार्टीमा कुनै योदान नभएकालाई सरकारमा सहभागि गराउने र उनिहरुले गरेका काला क र्तुतको बचाउमा लाग्ने संरक्षक माथि पनि कारवाही हुनुपर्ने बताउनुभयो ।

सरकारले कहि भ्रष्टाचारीहरुलाई कारवाही गरेपनि धेरै कारवाहीमा नभरेको भन्दै रावलले यस्तो समयमा यस्ता भ्रष्टाचारका कुरा आइरहदा पनि कारवाही छाडेर संरक्षणमा लाग्नु राज्यको लाचारी पन भएको दावी गर्नुभयो । उहाँले जनतालाई कोसौ हिडाएर पठाउन नमिल्ने र उचित ढंगले पठाउन नसक्ने हो भने उनिहरुलाई जो जहाँ छन् त्यही खान,बस्न र स्वास्थयको उपचार राज्ले गर्नुपर्ने धारणा राख्नुभयो ।

नेता, रावलले भन्नुभयो,सरकारमा जो पायो त्यसैलाई लाने काम गलत भयो । योगदान भएका मान्छेले नपाउने भयो । यस्तो विषयलाई संरक्षण गरेका कुरा आएका छन् । यसको जरो कहा हो त्यो खोजेर कारवाही गर्नुपर्छ । सुलभ अग्रवाललाई कारवाही गर्नुपर्छ । आपुर्ति राज्यमन्त्री मोती दुगडलाई ठाउाको ठाउँ कारवाही गर्नुपर्छ । निजलाई तत्काल पदमुक्त गर्नुपर्छ नत्र यो राज्य र सरकारको उपहासको हो । अमुक अमुकले अमुलाई संरक्षण गर्न मिलेन’ ।

उहाँले सुदूरपश्चिम प्रदेशमा भएको साधन स्रोतको परिचालन गरिएको बताउदै त्यहाँ थप उपकरण र चिकित्सिक पठाउनुपर्ने र धनगढीमा मात्र पठाएर नपुग्ने बताउनुभयो । आपुर्ति व्यवस्था मिलाउनुपर्ने,सीमापारी बसेकालाई तुरुन्त ल्याउनुपने र सरकारले कुनैपनि निर्णय हावाका भरमा गर्न नहुने रावलको भनाई छ ।

प्रकाशित मिति April 10, 2020
Loading...