गणेश भगवानको दर्सन गर्दै ०७६ चैत्र २८ गते शुक्रवारको राशिफल हेर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वअध्ययनले शिक्षामा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । सबै क्षेत्रमा व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवनसाथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेकोछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईको इमान्दारिताको कदर सबैले गर्नेछन् । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढी नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्टमित्रसँग अविश्वास बढेर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा हुने छैनन् । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । विवादित विषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विद्या तथा प्रतिस्पर्धिहरू हार खानेछन् भने तपाईको कुरा काट्नेहरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाईलो वातारण तथा हासखेलमा समय बित्नेछ । स्वअध्ययनले पढाइ लेखाइमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कुनैपनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोेला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । व्यापार व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) शसामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कर्म भावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नया प्रविधिको प्रयोग गरि समय अनुसार अपडेट होइनेछ । व्यापार व्यवसायमा भने घाटा लाग्नेछ । प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिमा अरूभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । प्रेममा रमाउन चाहनेहरुले सामाजिक सञ्जाल मार्फत आफ्ना भावना साटासाट गर्न सक्नेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मविश्वासमा कमि ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।

प्रकाशित मिति April 10, 2020
Loading...