बिहिबार जन्मिएको मानिसको भविष्य र आचरण कस्तो हुन्छ ?

मंगलबार:१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार:१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ।. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।६. तपाईंहरु कुनै पनि कुरामा त्यति तना वमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।

बिहिबार:१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।६. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।

९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

प्रकाशित मिति April 9, 2020
Loading...