स्वास्थ्य सामग्री खरिदबारे अनुसन्धान र छानबिनको क्रममा छु आर्थिक अनियमितता भए कसैलाई छाड्दिन : प्रधानमन्त्री ओली

काठमाडौं -: प्रधानमन्त्री केपी ओलीले औषधि तथा स्वास्थ्य उपकरण खरिद प्रकरणका विषयमा आफूलाई धेरै जानकारी नै नभएको बताएका छन्। पार्टी सचिवालय बैठकमा खरिद प्रकरणमा भएको आर्थिक अनियमितताका विषयमा नेताहरूले प्रश्न उठाएपछि प्रष्टिकरण दिने क्रममा ओलीले ओम्नीसँग भएको विवादास्पद खरिद सम्झौता बारेमा आफूलाई थाहै नभएको बताएका हुन्’।

उनले यस विषयमा आफू पनि वास्तविकता बुझने क्रममै रहेको र यो विषयमा छानबिन गरिने बताए।खरिद प्रकरण सम्बन्धमा ओम्नीसँग के कसरी सम्झौता भयो ? त्यसभित्र के के भएको थियो भन्ने विषयमा म आफंैलाई पनि जानकारी प्राप्त भएको थिएन प्रधानमन्त्री ओलीको प्रष्टोक्ति उदृत गर्दै सचिवालयका एक सदस्यले अन्नपूर्णसँग भने, ‘म आफैं यो विषयमा अनुसन्धान गरेर छानबिन गर्ने प्रक्रियामा छु।

विवादास्पद कम्पनी ओम्नीलाई औषधि खरिदको जिम्मा दिने निर्णय, महँगो मूल्य र विश्वसनियतामा समेत आशंका हुन थालेपछि प्रधानमन्त्री ओलीले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय लिएका थिए। यो विषयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकमा समेत प्रश्न उठाएका थिए’। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँका लागि स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् ।

प्रकाशित मिति April 8, 2020
Loading...