आज घरघरको  दीप प्रज्वलनले कोरोना भाइरस नेपाल बाट भाग्ने  ज्योतिषी अधिकारी भनाइ के यो होला त  ?

काठमाडौं-: ज्योतिषीहरुले आज राति दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।ज्योतिषीय हिसावमा आज राति ९ बजेपछिको समय अमृत समय भएकाले दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।कोरोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा सकारात्मक उर्जाको प्रवाह हुने ज्योतिषी हरिहर अधिकारी बताउँछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आज राति ९ बजेको समयमा घरघरमा बिजुली बत्ती निभाएर दीप प्रज्वलन गर्न अपिल गरेका छन् । उनले कोरोना भाइरसविरुद्ध सबैको एकताका लागि बत्ती निभाउन र दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

ज्योतिषीय हिसाब साइत,मुहुर्त दिन,दशा हेरिने भएको बताउँदै ज्योतिषी अधिकारीले आइतबार(आज)राति ९ बजेको समयमा शुभ समय सकिएर अमृत समय शुरु हुने जानकारी दिए ।अमृत समयमा केही शुभ चिज गरियो भने अमृतजन्य चिज आउँछ ‘,अधिकारीले भने, ‘धेरै मानिसको घरमा दियो बालियो भने अमृत फैलिन्छ र विषलाई मार्न सक्छ भन्ने मान्यता हो ।

उनले सबैको घरमा दीयो बाल्ने कुरा सकारात्मक र उर्जाको कुरा भएको बताए ।दीप प्रज्वल्लवन गर्दा राम्रो । यसले संसारमा सकारात्मक उर्जा निस्कन सक्छ उनले भने ।९ बजे अमृत समय परेको छ । ९ मिनेटसम्म गर्ने भनिएको छ । नवदूर्गा,नवमातृका, नवशक्ति र विजयको अंक पनि ९ भएका कारण ९ मिनेटसम्म दीप प्रज्वलन गर्दा उपयुक्त हुन्छ’ उनले भने ।

कोरोना भाइरस विरुद्ध लड्ने शक्ति प्रदान होस् भन्नका लागि तथा विष फैलिएको बेलामा अमृत फैलियोस् भन्नका लागि दीप प्रज्वलन गर्ने कुरा अनुपयुक्त नभएको ज्योतिषी अधिकारीको तर्क छ ।

धेरै समय र पैसा बर्वाद नहुने भएका कारणले गर्दा सबैलाई दीप प्रज्वलन गर्न उनले आग्रह गरे ।यो धर्मका व्यक्तिले भनेको हो त्यही भएर गरौं वा त्यही भएर नगरौं भन्ने गर्नु भन्दा समग्र मानवजातीको हीतका लागि र सकारात्मक उर्जाका लागि दियो बाल्ने कार्य गर्न उनले आग्रह गरे ।घ्यू मिसिएको दियोबाट निस्किएको धुवाले केही सकारात्म उर्जा आउने कुरा वैज्ञानिक रुपमा पनि मानिएको कुरा भएको उनले बताए ।कोरोना विरुद्ध मानवीय एकताका लागि सबै एकजुट छौं भन्नका लागि पनि यो प्रयत्न ठिक हुने उनले बताए ।

 

प्रकाशित मिति April 5, 2020
Loading...