ओली सरकारले गर्यो लकडाउनमा कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।न्त्रिपरिषदको शुक्रबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

सकियो मन्त्रिपरिषद्को बैठक, गर्यो यस्तो निर्णय

नेपाल सरकार मन्त्रिपरिषदको बैठक भर्खरै सम्पन्न भएको छ ।बैठकले कोरोनाको संक्रमण फैलन नदिन सबै निकायले प्रभावकारी कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ ।बैठकले कोरोना भाइरस संक्रमणको आशंका भएका सबैको प्राथमिकताका साथ स्वास्थ्य परीक्षण गराउने निर्णय गरेको छ ।त्यस्तै स्वास्थ्यकर्मीलाई पूर्ण रुपले सुरक्षित बनाएर काममा लगाउने निर्णय गरेको छ ।सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने भएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनलाई थप कडाई गर्ने भएको छ । लकडाउनको पूर्णपालना नभएको भन्दै सरकारले कडाई गर्ने भएको हो ।

आज बसेको मन्त्रिपरिषद्को वैठकले अब देखि एक प्रदेशदेखि अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत पनि कडीकडाउ गर्ने भएको छ ।

यस्को लागि सबै निकायको समन्वय आवश्यक भएको ठहर पनि मन्त्रिपरिषद्ले गरेको छ ।कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए ।बैठकमा लकडाउनको समयअवधि बढाउने विषयमा भने कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति April 4, 2020
Loading...