खुसीको खबर,प्रदेश १ सरकारद्धारा विराटनगरमा कोरोना अस्पताल सञ्चालनमा सक्दो सेयर गर्नुहोस

विराटनगर-:  प्रदेश १ सरकारले राजधानी विराटनगरमा कोरोना रोग उपचार गर्ने अस्पताल सञ्चालनमा ल्याएको छ ।अस्पतालको क्षमता ५० शय्याको छ । यसमा १० भेन्टिलेटर छन् । शुक्रबारदेखि औपचारिक रूपमा अस्पताल सञ्चालनमा आएको मुख्यमन्त्री शेरधन राईले घोषणा गरेका छन् । कोभिड १९ उपचार केन्द्रका रूपमा विराटनगगरको नेसनल ट्रेडिङको स्वामित्वमा रहेको पुरानो भवनलाई मर्मतसम्भार गरी अस्पतालको स्वरूपमा सञ्चालन गरिएको हो ।छुट्टै अस्पताल सञ्चालन गर्न गत चैत ७ गते मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेशस्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिको बैठकले निर्णय गरेको थियो ।

प्रकाशित मिति April 3, 2020
Loading...