चीनबाट कारोडौं खर्चिएर ल्याइएका समान नै नक्कली, प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयकै निर्देशन,अब के होला ?

काठमाडौं-:  बजार मूल्य भन्दा सात गुणासम्म बढी खर्चिएर ल्याएका सामाग्री नक्कली भेटिएका छन्। केही सामाग्री नक्कली पाइएपछि स्वास्थ्य मन्त्रालयले त्यस्ता सामग्री प्रयोग नगर्न निर्देशन दिएको छ ।

सरकारले ओम्नी ग्रुपमार्फत किनेको र्यापिड डायग्नोष्टिक किट नै नक्कली भएको र त्यसलाई प्रयोगमा नल्याउन निर्देशन दिएको छ । सरकारले यो किट बजार मूल्य भन्दा चार गुणा बढी मूल्यमा खरिद गरेको थियो ।

मन्त्रालयले प्रतिकिट ८ डलरका हिसावले ७५ हजार थान किनेको थियो । त्यो सबै गुणस्तरहीन भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । त्यति सामान किन्न मात्रै ६ लाख डलर अर्थात ७ करोड रुपैयाँ खर्चिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यो किटबाट गरिएको परीक्षण विश्वसनीय नभएकाले तत्काल प्रयोगमा नल्याइएको बताए । विश्व स्वास्थ्य संगठन र राष्ट्रिय प्रयोगशालाको मापदण्ड अनुसार नभएकाले ओम्नीसँग किनिएका किट प्रयोगमा नल्याएको उनले बताए ।उनका अनुसार अहिले चीनबाट आएका ७५ हजार थान किट गोदाममै थन्किएर बसेका छन् ।

साभार- नेपाल आज

प्रकाशित मिति April 2, 2020
Loading...